घुस सहित समातिए त्रिभुवन विमानस्थल आन्तरिक तर्फका प्रबन्धक
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फका प्रबन्धकलाई घुसको रकम सहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रबन्धक पूर्ण प्रसाद चुडाललाई पक्राउ गरेको हो ।
उनलाई घूसबापतको रकमसहित कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
सोमबार पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको भण्डारीले जानकारी दिए ।