गृहमन्त्रीको कुर्ची पनि स्टण्टकै लागि हो ?
‘आदेश नमान्ने प्रहरी हाकिमलाई कारवाही गर्ने की मिडियामा रुवाबासी’
काठमाडौं । अमेरिकामा घरबार विग्रिए पछि निरास हुदै नेपाल फर्किएका रवी लामिछाने अहिले नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्री छन्।
बैधानिक रुपमा भित्र्याएकी श्रीमतीबाट दुई छोरी हुदाँ हुदै परस्त्री सँगको सम्वन्धमा अर्को सन्तान जन्माए पछि सम्भावित ‘घरायसी लफडा’ बाट बच्न उनी अमेरिकी नागरिकको हैसियतमा नेपाल फर्किएका हुन्।
उनको भाग्य, आदर्श श्रीमान बन्न नसकेका, आदर्श पिता बन्न नसकेका रवी टेलिभिजनको पर्दाबाट कयौका लागि नायक भएर उदाए। आफु अमेरिकी नागरिक हुदाँ हुदै त्यो कुरा लुकाएर नेपाली नागरिककै हैसियतमा उनी टेलिभिजनमा चर्को आवाजमा नैतिकता र कानुनका कुरा उठाउथे।
आफ्नै परिवार मिलाउन नसकेका रवीबाट ‘आश’ गर्नेको जमात ह्वात्तै बढ्दै गयो। टेलिभिजनको पर्दामा कुर्लिने क्रममा उनले पत्रकारिताका कयौं आदर्शहरुलाई कुल्चिए।
म नै राज्य हु भन्दै क्यामरा र बुम बोकेर घर घर पुगे । कर्मचारी र हाकिमलाई ‘लाभइ’ का नाममा मनपरी थर्काए। राजनीतिक दल र नेताहरुलाई तथानामा गाली गरे। के चै गर्न बाँकी राखे र ? पटक पटक स्टण्ट गरे।
आफु दोहोरो नागरकिता र राहदानीमा थिए, तर दुनियाँलाई उनी कानुनको कुरा सिकाउथे। घरमा दुई छोरी हुदाँ हुदै उनले बाहिर अर्को सन्तान जन्माए। तर उनी अरुलाई नैतिकताको कुरा सिकाउथे। तर पनि उनी नेपाली कानुनको धज्जी उडाउंदै दोहोरो नागरिकता र पासपोर्ट लिएर बसेका छन् ।
जनताले पत्याए पछि अरुको के लाग्यो? परिस्थिति यस्तो बन्यो कि उनले जे भने पनि पत्याउने जनमानसको संख्या बढ्दै गयो।
कारण पुराना राजनैतिक दल र तीनका नेतृत्वको व्यवहारबाट जनता आजित थिए। परिवार पाल्नकै लागि खाडीको मरुभूमिका बालुवामा भविश्य खोज्ने युवाहरुको लर्को दिन दिदै बढ्दो थियो। बाकसमा लास आउने क्रम विकराल थियो। गाँउमा बुढा पाका र बालबालिका बाहेक देख्न मुस्किल थियो। महङ्गी अच्चाकालि थियो।
दलका नेताहरु आफु ऐस आराम गर्दै आजीवन कसरी पदमा रहने, आफ्ना श्रीमति र नातेदारलाई कसरी मन्त्री तथा सांसद बनाउने, न्यायधीस, विभिन्न संस्थाका हाकिम देखि राजदुत नियुक्तिमा कसरी भागबण्डा गर्ने भन्नेमा नै व्यस्त थिए।
जनता आजित थिए। निरास थिए। उनीहरुमा आक्रोस थियो। त्यही आक्रोस र निरासालाई ‘क्यास’ गर्दै राजनीतिक दल खोलेका रवीले सोचे भन्दा बढी सफलता पाए। पुराना दललाई धक्का दिने हैसियत बनाए।
परस्त्री गमनका कारण घरायसी लफडामा परेको, कानुन छल्दै दोहोरो नागरिकता र पासपोर्ट बोकेको व्यक्तिले खोलेको पार्टी छ महिनामा राष्ट्रिय मान्यता प्राप्त दलको हैसियतमा पुग्यो। सत्ता लुछाचुडीको खेलका लागि उनी प्रमुख खेलाडी बने। उनको हैसियत रातारात परिवर्तन भयो । तर स्टण्ट गर्ने उनको बानी भने जहाँको त्यही छ।
हिजो जो जस्ललाई तथानामा गालि गरेर यो हैसियत बनाएका थिए अहिले तिनै सँग घाँटी जोड्न पुगेका रवीले गृहमन्त्रीको पटक पटकको आदेश आफु माताहतको प्रहरीले मानेन भनेर प्रेस विज्ञप्ति जारी गरे।
उनी फेरि पनि स्टण्टमा नै रमाएका छन्। गृहमन्त्रीको पद स्टण्ट गर्नका लागि हो कि काम गर्न ? आफ्नो आदेश नमान्ने कर्मचारीलाई कानुन अनुसार कारवाही गर्नेकी मेरो आदेश मानेन भनेर मिडीयाबाजी गर्ने ? आदेश मनाउन नसकेको हो भने पदमा किन बस्ने ?
टेलिभिजनमा छंदाको धङ्धङ्गीबाट मुक्त हुन नसकेको हो ? आफ्ना गल्ती ढाकछोप गर्न उनी अरुलाई कहिले सम्म दोष लगाइरहने ?
सरकारकै सबैभन्दा महत्वपूर्ण र शक्तिशाली गृह मन्त्रालय पुग्दा त्यति निरिह किन ? एमालेका सांसद लक्ष्मी महतो कोइरी कै सवालमा उनी किन यसरी प्रस्तुत भए।
जब मिडियामा कोइरीको विषय आयो तब पुर्व सञ्चारकर्मी समेत रहेका रवी संसदमा हरेक पटक बोली फेर्दै आएका छन् । पदभार ग्रहण गर्दाको दिन आफ्ना नजिककालाई छुटाउन फोन नगर्नु भन्न भ्याएका लामिछानेको बोली अहिले फेरिएको छ ।
हालै गरेको सम्बोधनमा उनले कसलाई पक्राउ गर्नुपर्ने आफुलाई बुझाइराख्नु नपर्ने सम्मको भाष्यमा प्रस्तुत भए । राज्यको सुरक्षाको जिम्मेवारी बहन गर्ने दुई मन्त्रालय मध्येको एकको नेतृत्व गरिरहेका रवीले हालै एक विज्ञप्ती निकाल्दै सांसद कोइरीलाई पक्राउ गर्न सहयोग नपाएको उल्लेख गरे ।
उनले त्यो विज्ञप्तीमा आफ्नो निजी विचारलाई सचिवको माध्यमबाट मन्त्रालयकै लेटरप्याडमा समेत प्रस्तुत गर्न भ्याए । आफ्नै नेतृत्वमा रहेको निकाय सम्हाल्न नसकेका उनले अर्को बाहना बनाउने गरेका छन् । “नतिजा देखिने गरि काम गर्दैछु । केही समय कुरिदिनुस्” जनताले प्रारम्भिक नतिजा त देखिरहेका छन्, सञ्चार गृह र गृह मन्त्रालयको फरक बुझ्न नसक्दाको परिणाम ।
गृहमन्त्रीले नै भनेको नमान्ने सुरक्षा निकायको नेतृत्वलाई अझै पनि किन काखा च्यापेर बस्नुको कारण पनि खुलेको छैन ।
सिष्टमलाई गाली गर्ने तर सुधार गर्ने मौका पाउँदा पनि संगठनलाई दोष दिने गृहमन्त्रीको यो व्यवहार स्टण्ट भन्दा अरु केही हुन्छ ?















