अमेरिका र चीनले एक–अर्कालाई राम्ररी बुझ्नुपर्छ –अमेरिकी पूर्व विदेशमन्त्री किसिन्जर

न्युयोर्क। संयुक्त राज्य अमेरिका र चीनले एकअर्कालाई ‘अझ राम्ररी’ बुझ्नुपर्ने र विश्वमा शान्ति र प्रगतिसँग अझ बढी मेल खाने सम्बन्ध विकास गर्नुपर्ने अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिन्जरले बताएका छन्।
बुधबार साँझ न्युयोर्कमा आयोजित संयुक्त राज्य अमेरिका चीन जनरल चेम्बर अफ कमर्शको वार्षिक नयाँ वर्ष समारोहमा किसिन्जरले दुई देशका नेताहरूबीच हालै बालीमा भेट भएको र द्विपक्षीय सम्बन्धमा देखिएको विवादित प्रवृत्तिलाई उल्टाउने मनसाय व्यक्त गर्नु राम्रो सङ्केत भएको उनीहरूले बताएका छन्।
अनुभवी अमेरिकी कूटनीतिज्ञले भने, ‘धेरै क्षेत्रमा वार्तालाई बढावा दिन गरिएका निर्णयहरूको म स्वागत गर्दछु। चीनले यस दिशामा धेरै व्यावहारिक कदमहरू चालेको छ।’
अमेरिकाका दुई राष्ट्रपति रिचर्ड निक्सन र जेराल्ड फोर्डको कार्यकालमा काम गरेका ९९ वर्षीय अनुभवी कूटनीतिज्ञ तथा रणनीतिकार हुन्। उनले भने,“हरेक राष्ट्रले एक–अर्कालाई अझ राम्ररी बुझ्न आवश्यक छ। सँगै काम गर्दा हामीले आफ्नो देशका लागि मात्र होइन, समग्र मानवताका लागि पनि ठूलो उपलब्धि हासिल गर्न सक्छौं।”
संयुक्त राज्य अमेरिका र चीनबीच आफू र संस्कृतिलाई कसरी लिने भन्नेबारे फरक धारणा छ र यसलाई दुवै पक्षले बुझ्नु आवश्यक भएको उनले बताए।
किसिन्जरले चाहेको सम्बन्ध प्राप्त गर्न ‘बौद्धिक, राजनीतिक र ऐतिहासिक दर्शनहरू’ प्रयोग गर्नुको महत्वमा पनि जोड दिँदै भने, “यस प्रक्रियाले संसारभरिका मानिसहरूले अपेक्षा गरेको परिणाम प्राप्त गर्नेछ भन्ने विश्वास मैले लिएको छु।”
अमेरिका–चीन सम्बन्धमा आजीवन योगदान पु¥याउने र ‘ट्रेलब्लेजर’का रूपमा प्राप्त उपलब्धिको कदर गर्दै अमेरिका चीन चेम्बर अफ कमर्शको बुधबार आयोजित कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ।