पोखरामा विमान दुर्घटना : एनआरएनए अमेरिकामा ‘चन्दाको’ जुहारी
पेन्सिलभेनिया,अमेरिका / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा हालै मात्र उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आइतवार यती एयरको विमान दुर्घटना भयो।
चालक दलका चार सदस्य सहित ७२ जना रहेको विमान सेति नदिको खोचमा खसेको थियो। नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल, सुन्दर नगरि पोखरामा जुन दर्दनाक घटना भयो त्यसले सम्पूर्णलाई आहात बनाएको छ।
कतिको सिङ्गो परिवार नै घटनामा परेको छ। बर्षौ सम्म विदेशमा पशिना चुहाएर परिवार भेट्न घर जादै गरेकाहरु बीच बाटोमै अलप भए । थुप्रै नावालकहरु टुहुरा भएका छन्।
आफुलाई सहरा चाहिने अवस्थामा पुगेका बृद्द बा-आमाका काख रित्तो भएको छ। कतिको सिउँदो पुछिएको छ।
समाज अहिले स्तब्ध छ। त्यो भन्दा पनि ठूलो कुरा नेपालको मुख्य पर्यटन गन्तब्य पोखरामा भएको घटना पछि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जुन रुपमा कमरेज गरेका छन् त्यसले नेपालको हवाइ सुरक्षामा थप चिन्ता थपेको छ। यसले पर्यटन व्यवसायलाई धक्का लाग्न सक्छ।
दुर्घटना पछि मुलुक स्तब्ध छ । शोक सँगसँगै डर र त्रास पनि उब्जिएको छ। तर यो दुखद समयमा अमेरिकामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारी भने चन्दाको राजनीतिमा लागेका छन्। सदैव झगडा गरेर नथाक्ने उनीहरु मानविय संवेदनामा पनि उस्तै देखिएका छन्।
अमेरिकामा अहिले तीन समुहले एनआरएनएको नाममा ‘दुकान’ चलाएका छन्। रबिना थापा, डा. बद्री केसी र कुल आचार्य गरि तीन अध्यक्ष रहेको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) मा आवद्दताको नाममा अमेरिकामा दुई संस्था छन्।
बुद्दि सुवेदीले संस्थापन पक्षको नेतृत्व गर्दै आएका छन्। अर्को पक्षको नेतृत्व सीपी पौडेलले गरेका छन्।
आइसीसीमा नै फुटेर बनेको विनोद कुँवर अध्यक्ष रहेको एनआरएन सँग आवद्दता सुर्य लम्साल नेतृत्वको कमिटीले पाएको छ। विनोद कुँवर अध्यक्ष रहेको एनआरएनए आइसीसीलाई शेष घलेको आशिर्वाद छ।
अष्ट्रेलियामा व्यवसाय गर्दै मगन्य कमाएर कहलिएका शेष घलेकै आशिर्वाद रहेको सुर्य लम्साल अध्यक्ष रहेको एनआरएनए अमेरिकाले विमान दुर्घटनाका पीडित परिवारका नाममा चन्दा उठाउन शुरु गरेको छ।
लम्साल टोलीको अभियान पछि अमेरिकामा रहेको नेपाली समाजमा आरोप प्रत्यारोप घोचपेच शुरु भएको छ।
सबै भन्दा मुख्य कुरा पीडितको परिवारको नाममा सुर्य लम्सालहरुलाई अमेरिकामा चन्दा उठाउने धन्दा चलाउने अधिकार कसले दियो भन्ने खुलेको छैन्।
अर्को पाटो सुर्य लम्सालको टोलीले चन्दा उठाउदा बुद्दि सुवेदी समुहको ठाँउको किन दुख्यो भन्ने पनि खुल्न सकेको छैन्।
बुद्दि र सुर्य बीचको फेसबुक जुहारीमा आ आफ्ना पक्षको बचाउमा गर्दै अन्य व्यक्तिहरु पनि सामाजिक सञ्जालमा उत्रिएका छन्।
पोखरामा शवहरुको उद्दार हुँदै गर्दा यता अमेरिकाको न्यूयोर्कमा रहेका सुर्य लम्सालले हतारिएर पीडितको परिवारको नाममा चन्दाको दोकान थापेका हुन्।
महिनौ देखि एनआरएनएको नाममा सुर्य लम्साल समुहले गतिविधि गर्दा मौन रहेका बुद्दि सुवेदीले यस पटक तात्तातो प्रतिक्रिया दिएका छन्। उनले एनआरएनएले दुर्घटना पीडितको नाममा कुनै चन्दा नउठाइएको स्पष्टिकरण दिएका छन्।
हिजोका दिनमा नङ्ग र मासुको सम्वन्धमा रहेका बीआर लामा पनि यो घटनामा बुद्दि सुवेदीलाई जवाफ दिदै सुर्य लम्सालको बचाउमा भएका आएका छन्। बीआर लामा विनोद कुवँर अध्यक्ष रहेको आइसीसीको उपाध्यक्ष हुन्। लामा र सुवेदी यस अगाडि एनआरएनए अमेरिकाको एउटै कमिटीमा भित्र पनि एउटै गुटमा थिए।
विमान दुर्घटना पीडितको परिवारका लागि चन्दा उठाइएको हो र हैन भन्ने एनआरएनए अमेरिकाका अगुवाहरुको भनाईमा अन्यले पनि प्रतिक्रिया दिएका छन्।
चन्दा किन र कसले भनेर उठाएको ?
विमान दुर्घटना पीडितको परिवारका नाममा कसको आग्रह र अनुमतिमा चन्दा उठाइएको भन्ने प्रश्न गम्भिर बनेको छ।
यो समाचार तयार पार्दा सम्म पीडितको परिवार वा नेपाल सरकारबाट विदेशमा बस्नेहरु सँग आर्थिक सहयोगका लागि अपिल गरेको छैन्।
चन्दा नै उठाउन पर्ने कारण किन हो, पीडित परिवारको स्वीकृति लिनु भएको हो भन्ने समाज टाइम्सको प्रश्नमा सुर्य लम्सालले गोलमोटल जवाफ दिए।
‘सहमति लिने त अहिले बतावरण नै छैन नी’ लम्सालले भने ।
त्यसो हो भने अरुको नाममा चन्दा उठाउन कसरी पाइन्छ त भन्ने समाज टाइम्सको अर्को प्रश्नमा लम्सालले पब्लिकले उनीहरुलाई सहयोग गर्छु भने पछि आफुहरुले प्लेटफर्म बनाएको बताए।
‘यो सामाजिक संस्था हो पब्लिकले हामी चन्दा दिन्छौ भने पछि हामीले लिन्न भन्न मिल्दैन, त्यसैका लागि हामीले संस्था खोलेका हौ, भोली त्यो कसरी खर्च गर्ने त्यस बारेमा हामी सोचौला तर पब्लिक आवाजबाट आएर हामी यस्तो गर्छौ सहयोग गर्छौ भने पछि हामीले नो भन्न मिल्दैन।’ लम्सालले भने ।
उनले यसलाई साधरण रुपमा नै लिनु पर्ने बताए। ‘यसलाई सिम्पल नै लिनु पर्छ, हामीलाई सदस्यहरुले, साथीहरुले सम्पर्क गरे, हामी सहयोग गर्न चाहान्छौ कहाँ कसो हो भने अनि हामीले ल ठिक छ हाम्रो डोनेशन लिने सिस्टम छ पहिला देखि नै थियो त्यसलाई अहिले प्रयोग गरेका हौ, एउटा प्लेट फर्म बनाएका हौ।’
लम्सालले उठेको पैसा कहाँ कसरी खर्च गर्ने भन्ने पछि छलफल गरिने बताए। ‘उठेको पैसा आइसीसीको माध्यमबाट अथवा कसरी हुन्छ भनौ न त्यो पनि भोली स्पष्ट पार्छौ, सम्वन्धित परिवारलाई हस्तान्तरण गर्ने बाटो बनाउछौ।’
लम्सालले पीडितले हामी लिदैनौ भनेमा अर्को ठाँउमा खर्च गर्ने बताए।
मानविय संवेदनामा पनि चन्दाको राजनीति किन भन्ने समाज टाइम्सको प्रश्नमा आइसीसी उपाध्यक्ष बीरआर लामाले सुर्य लम्साल सँग सोध्न भन्दै पन्छिए। ‘सुर्यजी (एनआरएनए अमेरिकाको अध्यक्ष) लाई सोध्नु भएमा उचित जवाफ मिल्नेछ।’ चन्दा प्रकरणमा सामाजिक सञ्जालमा उत्रिएका लामाले भने,’हाम्रो एनसीसीहरु स्वायत्त र स्वतन्त्र भएकोले यस बारेमा बोल्न मिल्दैन, हजुर।’