एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड, सभामुखबारे छलफल जारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न भक्तपुरस्थित ओली निवास बालकोट पुगेका छन् । मन्त्रिपरिषद्को पूर्णता, सभामुख चयन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक हुँदैछ । बिहीबार सभामुखको निर्वाचन नै हुने तय भएको छ । त्यस अगावै संघीय सरकारलाई पूर्णता दिने तयारी पनि प्रधानमन्त्री प्रचण्डको छ ।
जारी भेटमा मन्त्रिपरिषदको भागवण्डा मिले मन्त्रिपरिषद विस्तार गर्ने र सभामुखको विषयमाथिको छलफललाई अन्तिम रुप दिने दुई नेताको तयारी छ ।