सरकारको साझा कार्यक्रममा भुटानी शरणार्थीको विषय पनि समेट्न माग
पेन्सिलभेनिया । अमेरिकामा रहेका भुटानि शरणार्लेको पक्षमा काम गर्ने एक संस्थाले नेपालमा स्थानतरण हुन बाँकी आफ्ना सदस्यलाई पनि लक्षित गरि नयाँ सरकारलाई साझा कार्यक्रम बनाउन माग गरेका छन् ।
एमालेको विदेश स्थित भातृ संस्था प्रवासी नेपाली मन्च अन्तर्राष्टि्य कमिटी अध्यक्ष सन्जय थापा मार्फत एमाले अध्यक्ष ओलीलाई पत्र पठाउँदै विदेशमा रहेका भुटानी शरणार्थीले यस्तो माग गरेका हुन् ।
उनीहरुले ओलीलाई संसदीय दलको नेताको रुपमा निर्विरोध चुनिएकोमा बधाई दिदैं साझा कार्यक्रम बनाउने जिम्मेवारी पाएका ओली नै भुटानी शरणार्थीको समस्या समाधान गर्न सक्ने योग्य नेता रहेको विश्वास लिएको बताएका छन् ।
भुटानी शरणार्थीको प्रवासी समुहले नेपालको झापा र मोरङ्मा रहेको शरणार्थी शिविरमा बाँकी रहेका सदस्यहरु बसिरहेको र उनीहरुले न्युनतम मानव सहायता पनि नपाएको उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय संघ संस्थाले पनि शरणार्थीलाई दिदैं आएको सहयोग पनि कटौती गरेर नेपाल सरकार मातहत सबै छोडेको पनि उनीहरुले दाबी गरेका छन् ।
पिस इनिसियटिभ भुटानको नामको संस्था स्थापना गरेर नेपालबाट पुनर्स्थापित भएका भुटानी शरणार्थीका पक्षमा वकालत गर्दै आएका छन् । अन्तर्राष्ट्रिय समर्थनका साथ भुटान सरकारसंग मेलमिलापका लागि पनि प्रयास गर्ने यो संस्थाको उद्देश्य रहेको छ ।
नेपालमा नयाँ सरकार बनेसंगै आफुहरुको अपेक्षा पनि बढेको उनीहरुले उल्लेख गरेका छन् ।
एमालेका तर्फबाट पत्र बुझेपछि थापाले सरकारको साझा कार्यक्रमका लागि पहल गर्ने प्रतिबद्दता दिएका छन ।