अमेरिकामा स्वास्थ बीमा किन्न अब मात्र तिन दिन बाँकी !
नेत्र बन्धु पोखरेल
अमेरिका । अमेरिकामा सन् २०२३ को लागि स्वास्थ बीमाका लागि नाम दर्ता (Health Insurance Enrollment) गरि सक्नु भएकाहरुले जनवरी एक तारिकबाट लागु हुनका लागि डिसेम्वर ३१ तारिक ( मसान्त) सम्म पहिलो प्रिमियम (किस्ता) बुझाई सक्नु पर्ने छ ।
अहिले पनि नामदर्ता गर्न सकिन्छ, भइ रहेको छ, जनवरी १५ तारिक सम्म, तर डिसेम्बर १५ तारिक पछि नामदर्ता गरिएको कभरेजको लागु भने फेब्रुअरी १ तारिकबाट हुनेछ।
अमेरिकामा बीमाले निकै बढी महत्व राख्दछ । मानव जीवन सँग संबन्धित स्वास्थ बीमा(Health Insurance), जीवन बीमा (Life Insurance), दीर्घकालीन हेरचाह बीमा (Long Term Care Insurance), शारीरिक अक्षमता बीमा (Disability Insurance), अन्तिम खर्च (Final Expense) आदि छन ।
यस्तै पशुपन्छीहरु पनि बीमा गरेर पाल्ने चलन छ । गाडि, घर,व्यापार व्यावसायको त बीमा अनिवार्य नै छ । हामीले प्रयोग गर्ने मोवाइल फोन देखि अन्य सामानहरु, घरमा राखिने सामान उपकरणहरु, भान्सामा प्रयोग गरिने भॉडाकुँडाको समेत बीमा गर्ने चलन छ ।
२०१९ देखि स्वास्थ्य बीमा संघीय कानूनले अनिवार्य छैन तर कुनै कुनै राज्यमा अनिवार्य गरिएको छ जस्तै क्यालिफोर्नीया । अनिवार्य नभए पनि अमेरिकामा स्वास्थ्य परिक्षण र उपचार अत्यन्त महङ्गो भएकोले स्वास्थ बीमा जरुरी छ । यदि स्वास्थ्य बीमा लिएको छैन र हातमा रकम छैन भने पनि आपतकालिन अवस्थामा अस्पताल गएर उपचार त गर्न सकिन्छ तर त्यस पछि आउने विल सामान्यतया हामीले कल्पना गर्ने रकम भन्दा अलि बढी नै हुन्छ ।
जीवनका ठूला घटना (Life Event) को अवस्थामा सो घटना भएको ६० दिन भित्र जहिले पनि स्वास्थ्य बीमा लिन पाइने व्यवस्था छ जसलाई विशेष नामदर्ता अवधि (Special Enrollment Period) भनिन्छ ।
बसाई सराई, बिबाह, बच्चाको जन्म, कामबाट वा अन्य निकायबाट भइरहेको कभरेज छुटेको अबस्था जस्ता कुराहरु लाइफ इभेन्टमा पर्दछन । सामान्यतया स्वास्थ्य बीमाको खुल्ला आवेदन अवधि (open enrollment) नोभेम्बर १ बाट शुरु भई डिसेम्बर १५ मा सकिन्छ ।
फेब्रुअरीबाट लागु हुने गरि लिनको लागि थप एक महिना समय हुन्छ । जनवरी बाट लागु हुने गरि लिनको लागि भने डिसेम्बर १५ भित्र आबेदन गरी डिसेम्बर भरमा पहिलो महिनाको प्रिमियम बुझाइ सकेकोहुनु पर्दछ । स्वास्थ्य बीमा बजार (Health Insurance Marketplace) मार्फत वा सिधै कम्पनीहरुबाट पनिलिन सकिन्छ ।
यदि पहिले नै बीमा लिएको छ र आफ्नो बस्ने ठेगाना, काम गर्ने कम्पनि, आम्दानीको स्रोत, अध्यागमन स्थिति र परिवार संख्यामा परिवर्तन भएको छ भने अद्यावधिक गर्नु पर्ने हुन्छ । बार्षिकआम्दानी,परिवारको संख्या र बसेको स्थान, राज्य अनुसार बीमाको योजना र तिर्नु पर्ने रकम फरक हुन सक्छ ।यदि कम आम्दानी छ भने Federal + State Government बाट संचालन गरिने बीमा (मेडिकेइड) पनि पाउन सकिन्छ । Medicaid बीमा पाउनका लागि राज्य अनुसारका फरक फरक मापदण्ड रहेका छन् ।
तपाइले बीमा किन्दा मार्केटप्लेस वा तपाई आफ्नो काम गर्ने ठाँउबाट पनि स्वास्थ बीमा लिन सक्नुहुन्छ । तपाईले काम गर्ने संस्थामा स्वास्थ बीमा छ भने त्यहीबाट लिनु राम्रो मानिन्छ । तर त्यो बाध्यकारी भने हुदैन । जहाँबाट बीमा किन्दा पनि मुख्य ध्यान दिनु पर्ने भनेको कति शुल्क तिर्ने र केके सुविधा पाउने भन्ने हो ।
बीमा कम्पनीहरुले प्याकेजमा डिल गर्ने गरेका हुन्छन। कुनै प्लानमा प्रिमियम सस्तो देखिन्छ तर उपचारको क्रममा धेरै रकम तिर्नु पर्ने हुन्छ । धातु अनुसारको मूल्य फरक भए जस्तै गरी स्वास्थ्य बीमामापनि ब्रोन्ज, सिल्भर गोल्ड र प्लाटिनम गरी बिभिन्न स्तरका प्लान उपलब्ध छ ।
प्रिमियम(माशिक शुल्क) कति हुने भन्ने कुरा ब्राउन ६०, सिल्भर (७०, ७३, ८७ र ९४) गोल्ड ८० वा प्लेटिनम९० मध्ये कुन प्लान छ त्यसमा भर पर्दछ । सिल्भर प्लान मा Cost Sharing Reduction को प्रावधान राखिएको छ जसले आउटअफ पकेट (out of pocket) रकम घटाउन मद्दत गर्दछ ।
प्रिमियम मध्ये पनि कति अग्रिम क्रेडिट पाउने र कति बुझाउनु पर्ने भन्ने कुरा प्लान, उमेर, परिवार संख्या, बसोबास गरेको स्थान र बार्षिक आयले फरक पार्दछ ।
स्वास्थ्य बीमा लिंदा अनुमान गरि राखिएको आम्दानी वास्तविक त्यो बर्षको आम्दानी भन्दा फरक हुन गएमा ट्याक्स फाइल गर्दा Reconciliation हुन्छ । यदि राखिएको भन्दा आम्दानी बढी भएमा पाएको अग्रिम क्रेडिट पूरै वा केहि अंश फिर्ता गर्नु पर्ने हुन सक्छ । त्यस्तै राखिएको आम्दानी भन्दा वास्तविक आम्दानी कम हुन गएमा तिरेको रकम पूरै वा केहि अंश फिर्ता पाइने पनि हुन सक्छ ।
स्वास्थ्य बीमा लिदा हामी प्राय प्रिमियम कति भन्ने कुरामा ध्यान दिन्छौं । प्रिमियमको साथमा डिडेक्टिवल (Deductible), को पे (Co- pay), Co- Insurance र आउटअफ पकेट म्याक्स (Out of Pocket Max) बढी ध्यान दिनु पर्ने कुराहरु हुन । डिडेक्टिवल भन्नाले न्युनतम कति रकम सम्मको शुल्क तपाइले तिर्ने भनेर सिलिङ्ग तोकिएको हुन्छ ।
त्यस्तै अर्को पाटो आउछ co-pay वा Co insurance । हरेक पटक डाक्टर संग परिक्षण गराउँदा, औषधीको लिंदा, ल्याब, एक्सरे आदि गर्नु पर्दा कति तिर्नु पर्ने कति भन्ने कुरा यसमा आउँछ । तर आउट अफ पकेट म्याक्स बिन्दुमा पुगे पछि त्यो पनि तिर्नु नपर्ने हुन्छ । आउट अफ पकेट म्याक्स भनेको तपाईको बीमा प्लानमा एउटा निश्चित रकम तोकिएको हुन्छ जुन रकम भन्दा माथि बीमा कम्पनीको जिम्मेवारी हुन्छ ।
Medicare भने Federal Program हो र सामान्यत ६५ बर्ष उमेर पुगेकाहरुलाई हो । शारीरिक/ मानसिक असक्षमता भएका र ESRD( End Stage Renal Disease) भएकाहरुलाई पनि यो उपलब्ध हुन्छ । यसको Initial Enrollment Period ६५ बर्ष पुग्नु भन्दा तिन महिना पहिले बाट शुरु भइ पुग्ने महिना र पुगे पछि तिन महिना गरि ७ महिनाको हुन्छ ।
यसको वार्षीक नामदर्ता अवधी (Annual Enrollment period) अक्टोबर १५ बाट शुरु भई डिसेम्बर ७ मा सकिन्छ जसमा नयॉ Enrollment गर्न सकिन्छ । अर्को Medicare open Enrollment period भने Enrollment गरिसकेकाहरुकालागि हो जसमा plan परिवर्तन गर्न सकिन्छ । Medicare open enrollment period जनवरी १ बाट शुरु भई मार्च ३१ तारिकमा सकिन्छ । ६५ बर्ष पुगेका कम आम्दानी हुनेहरुकालागि Medicare + Medicaid पनि उपलब्ध गराउने गरेको पाइन्छ ।
अहिले डिसेम्बर सकिनै लागेको हुनाले आफूले लिएको प्लानको प्रिमियम बीमा उपलब्ध गराउने कम्पनिमा प्राप्त भयो वा भएको छैन ध्यान दिनु पर्ने समय हो । आफूले तिरेको रकम आफ्नो आर्थिक कम्पनिमा कारोबार देखिएको छ कि छैन हेरेर प्राप्त भएको निश्चित गर्न सकिन्छ । त्यस्तै बीमा कम्पनिमा सम्पर्क गरेर पनि निश्चित गर्न सकिन्छ ।नामदर्ता देखिएता पनि प्रिमियम कम्पनीले पाएको छैन भने बीमा लागु हुने शंभावना रहँदैन ।