दल नेतामा सघाउन शशांकसँग देउवाको आग्रह
काठमाण्डौ। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व महामन्त्री समेत रहेका नेता शशांक कोइरालाबीच भेटघाट भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यी दुई नेतावीच आज मंगलबार बिहान भेट भएको हो ।
भेटका क्रममा दुवैं नेता कांग्रेसको संसदीय दलको नेता बन्दै प्रधानमन्त्री बन्ने दाउमा रहेको देखिन्छन् । कांग्रेसमा सभापति देउवासहित डा शशाक, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह लगायतका आधा दर्जन नेता संसदीय दलको नेता बन्दै प्रधानमन्त्री बन्ने दौडमा छन् ।
यो दौडमा पनि मुख्यगरी प्रधानमन्त्री देउवा र कांग्रेसका युवा महामन्त्री गगन सवैभन्दा अगाडी छन् । गगनले संसदीय दलको चुनावको तयारी थालिसकेको सार्वजनिक घोषणा नै गरिसकेका छन् । रामचन्द्र पौडेल पनि आफु अनुकुल बनाउन दौडधुपमा लागेका छन् ।
चुनावी परिणाम अगाडी प्रधानमन्त्री आफु पनि रहेको बताएका डा शशांक र सभापति देउवासग गत महाधिवेशनमा प्रतिस्पर्धा गरेका अर्का धारका नेता शेखर कोइरालाले चुनावी परिणामपछि यस विषयमा मुख खोलेका छैनन । गगनले शेखरले आफुलाई सहयोग गर्ने बताइरहेपनि शेखरले सभापति लगायत नेताहरुसँग छलफल र सल्लाहपछि मात्र आफुले बोल्ने बताएका छन् ।
प्रधानमन्त्री देउवा डडेलधुरा र डा शशांक कोइराला बर्दघाट (नवलपुर १) बाट चुनाव जितेर आएका हुन् । भेटमा देउवा र कोइरालाले एक अर्कालाई बधाई ज्ञापन गरेका थिए भने चुनावी परिणाम र सरकार गठनका विषयमा छोटो कुराकानी भएको थियो ।