‘द भ्वाइस’: पारिजिता बाँस्तोलाको अर्को शक्तिशाली प्रस्तुति, फेरि पाइन चारै जजबाट प्रशंसा
पेन्सिलभेनिया,अमेरिका / विश्व चर्चित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस’मा नेपालीमुलकी पारिजिता बाँस्तोलाले प्रभाव बढाउदै लगेकी छिन्। उनी एक पछि अर्को कार्यक्रममा परिपक्क बन्दै गएकी छिन्।
१७ वर्षीय बाँस्तोलाले सोमवारको सोमा पुन: दमदार प्रस्तुति दिएकी छिन्। द भ्वाइसको २२ औ संस्करणमा पहिलो नेपाली-अमेरिकी प्रतियोगीले सोमवार सियाको “अनस्टप्पेबल” मा शक्तिशाली प्रस्तुति दिइन्।
बाँस्तोलाको प्रस्तुति पछि फेरि पनि चारै जना जजले उभिएर प्रशंसा गरे। उनीहरुले बाँस्तोलाको प्रस्तुतिलाई ‘शक्तिशाली’ भनेका छन्।
ग्वेन स्टेफानीले एकै समयमा आफ्नो शरीर, आवाज र आफ्नो मुटुसँग जोडिन सक्नु अदभुत भएको प्रतिक्रिया दिए। “मलाई लाग्छ कि यो यति सानो उमेरमा धेरै शक्तिशाली छ।”
प्रशिक्षक जोन लेजेन्डले पनि उनले गायकी प्रतिभाको खुलेर प्रशंसा गरे। उनलेभने “पारिजितालाई लिएर मानिसहरु निकै उत्साहित छन्!”
पारिजितालाई द भ्वाइसमा जिलाउन अब उनको बेजोड प्रस्तुतिले मात्र पुग्दैन उनलाई भोट पनि गर्नु पर्ने हुन्छ। अमेरिकाको पूर्विया (न्यूयोर्क) समय अनुसार मंगलवार बिहान ७ बजे भित्र भोट गरि सक्नु पर्छ।
मंगलबार साँझ टेलिभिजनको प्रत्यक्ष कार्यक्रममा नतिजा सार्वजनीक गरिने छ।
परिजितालाई भोट दिन अमेरिकाबाट App Store/ Play store मा ‘The Voice App’ र अमेरिका बाहिरबाट http://Nbc.com/voicevote मा जानु पर्छ। एक जनाले दश वटा सम्म भोट दिन पाइन्छ। भोट दिदा पैसा लाग्दैन।