अमेरिकाको भर्जिनियामा रहेको नेपालीको स्टोरमा लुटपाट (भिडियो सहित)
पेन्सिलभेनिया,अमेरिका / भर्जिनिया राज्यको चार्लिसभिलमा रहेको नेपालीको ग्यास स्टोरमा लुटपाट भएको छ। ग्राहकको रुपमा आएका संगठित लुटेराको गिरोहले ६७ हजार सात सय १८ अमेरिकी डलर लगेको जनाइएको छ।
नेपाली युवा व्यवसायी प्रसन्न संग्रौलाको स्टोरमा अघिल्लो शनिवार (नोभेम्बर ५ तारिक) साँझ घटना भएको हो।
संग्रौलाको स्टोरमा रहेको स्कील गेम मेशिनबाट नक्कली साँचो प्रयोग गरेर ग्राहकको रुपमा आएका लुटेराले सो रकम लगेका हुन्।
अमेरिकाका केही राज्यहरुमा ग्यास स्टोरमा पनि स्किल गेम मेशिन राख्न पाइन्छ। ग्यास स्टोरका लागि यो आम्दानीको राम्रो स्रोत रहदै आएको छ।
‘सात बजे पछि हाम्रो स्टोरमा रहेको रेष्टुरेष्ट बन्द हुन्छ, हामी मम र चिकेनका अन्य आइमटपनि बेच्छौ, साँढे सात बजे पछि हाम्रोमा कर्मचारी कम हुन्छ।’ समाज टाइम्स सँग संग्रौलाले भने, ‘लुटेराहरु त्यस पछि स्टोरमा प्रवेस गरेका देखिन्छ, यसको अर्थ यीनीहरुले केही दिन देखि नै योजना बनाएको हुनु पर्छ।’
सीसी टिभी फुटेजलाई उदृत गर्दै संग्रौलाले समाज टाइम्सलाई बताए अनुसार ति लुटेराहरु शुरुमा ग्राहकको रुपमा एक्ला एक्लै स्टोर प्रवेस गरेका थिए। ‘शुरुमा एक्ला एक्लै प्रवेस गरे, अरु ग्राहक भएको बेला उनीहरुले पनि गेम खेले, अरु ग्राहक बाहिरिए पछि एक जनाले हाम्रो क्यासियर सँग लोटरी खेल्दै उनलाई भुलाउने गरेछन् र अन्य दुईले गेम मेशिनबाट पैसा निकालेको देखिन्छ।’
घटना भएको केही दिन पछि मात्र आफुहरुले त्यसबारे चाल पाएको संग्रौलाको भनाइ छ। ‘मेशिनको साँचो भेण्डर सँग नै हुन्छ उनीहरु आफैले हिसाब गरेर हाम्रो कमिशन दिने हुन्, तर ठूलो हिसाब नमिले पछि सीसी टिभि फुटेजबाट घटना पत्ता लागेको हो।’
‘प्रहरीले पनि ति लुटेरालाई संगठित भनेको छ’ संग्रौलाले भने। ‘उनीहरुले गेम मेशिनका लागि चाहिने साँचो पनि लिएर आएका रहेछन्, मेशिनमा अलराम बन्दा त्यसलाई कसरी नियन्त्रण गर्ने पनि थाहा रहेको, एउटा मात्र क्यासियर भएको मौका छोपेर उनीहरुले मेशिन खोलेर सबै नगद लगे।’
संग्रौलाले अमेरिकामा रहेका अन्य व्यवसायीलाई पनि भिडियो हेर्न र सुरक्षा सर्कता अपनाउन आग्रह गरेका छन्।
घटना पछि प्रहरीलाई खवर गरिएको र अनुसन्धान हुदै गरेको संग्रौलाको भनाई छ। ‘प्रहरीले विषेश छानविन टोली नै गठन गरेको छ। यो त प्रहरीका लागि पनि चुनौति हो।’
लुटेराको बारेमा जानकारी दिनेलाई भर्जिनिया स्किल गेमले बीस हजार डलर पुरस्कार राखेको छ।
लुटिएको मध्ये ४० प्रतिशत आफुलाई घाटा भएको संग्रौलाको भनाई छ। बिमा वापत जम्मा दश हजार डलर मात्र पाउन सफल भएको उनले बताए।
‘पहिला हामी सँग नगद कारोबार धेरै हुदैन थियो, अहिले यो गेम मेशिन राखे पछि मात्र नगद कारोबार बढेको हो, हाम्रो स्टोरमा नगदको बिमा दश हजार मात्र रहेछ त्यो मात्र कभर हुने भयो।’ उनले भने।
संग्रौलाले बिमामा केही रकम जोगाउने नाममा जोखिम मोल्न नहुने रहेछ भन्ने सन्देश अब आफुले अन्य व्यवसायीलाई दिन चाहेको बताए।
‘यदी तपाईहरुकोमा विभिन्न नगद कारोबार हुन्छ जस्तै मनि अडर, मनी ट्रान्सफर हुन्छ जोखिम हुने हुदाँ बिमाको बारेमा विषेश ध्यान दिन म अनुरोध गर्छु नत्र व्यक्तित रुपमा ठूलो नोक्सान हुने रहेछ।’
अमेरिकामा नेपालीको सुन पसलमा डकैती, बन्दुक सहित आएका दर्जन लुटेराले पसलनै खाली गरे