द भ्वाइसमा नेपालीमुलकी परिजिताको अर्को दमदार प्रस्तुति, चारै जजलाई उठाइन्
पेन्सिलभेनिया,अमेरिका। विश्व चर्चित टेलिभिज रियालिटी शो ‘द भ्वाइस’ मा नेपाली मूलकी परिजिता बास्तोलाले अर्को दमदार प्रस्तुति दिएकी छिन्।
क्यालिफोर्नियामा भएको सोमवार साँझको टप सिक्सिटिन राउण्डमा १७ वर्षीया किरोरी परिजिताको प्रस्तुतिले चारै जना जजलाई उठाइ छाडिन्।
उनले गायिका लेडी गागाको ‘आई विल नेभर लभ एगन’ बोलको गीत गाएकी थिइन्। परिजिताको प्रस्तुतिलाई द भ्वाइसका जज एवं टिम कोच लेजेन्डले जादुमयी आवाज भन्दै प्रसंसा गरे।
शुरुवात देखि नै जजको प्रसंसाको पात्र बन्दै आएकी परिजितालाई अब अगाडि बढ्न भोटको आवश्यकता पर्दछ।
एप स्टोरमा एनविसी द भ्याइस डाउनलोड गरि वा एनविसी डट कम मार्फत भोट दिन सकिन्छ। एक जनाले दश वटा सम्म भोट दिन पाइने आयोजकको भनाई छ। भोट दिदा कुनै शुल्क तिर्नु पर्दैन।
मंगलवार विहान सात बजे अगाडि नै भोट दिइसक्नु पर्ने छ। मंगलवार साँझ नतिजा सार्वजनीक हुने छ।