अमेरिकामा नेपालीको सुन पसलमा डकैती, बन्दुक सहित आएका दर्जन लुटेराले पसलनै खाली गरे
पेन्सिलभेनिया,अमेरिका / अमेरिकाको पेन्सेलभेनिया राज्यको राजधानी ह्यारिसबर्गमा रहेको नेपालीको सुन पसलमा डकैती भएको छ।
ह्यारिसबर्गको डेरी स्ट्रिट रहेको क्लालिटी ज्वलरी हाउसमा पसल नै खाली हुने गरि डकैती भएको जनाइएको छ।
इनास पेनसेल्भेनियाका अध्यक्ष बिकाश घले गुरुङका अनुसार सो सुन पसल टेक गुरुङ र ललित गुरुङले संचालन गरेका थिए।
बिहिवार साँझ तिर बन्दुक सहित आएका दर्जन भन्दा बढी लुटेरले सामुहिक रुपमा डकैती गरेका गुरुङले समाज टाइम्सलाई बताए।
लुटेराहरु फरार भए पछि मात्र प्रहरी घटना स्थल पुगेको बताइएको छ। ‘१०-१२ जनाले एकै पटक पसलमा प्रवेस गरि बन्दुक देखाउन थाले पछि प्रहरीलाई फोन गर्ने कसैको आट नै भएन।’ पिडितको सम्पर्कमा रहेका अन्तर्राट्रिय तेक्वान्दो रेफ्रि समेत रहेका बिकासले समाज टाइम्स सँग भने।
बिकासका अनुसार लुटेराले १० देखि १२ किलो सुन लुटेको अनुमान गरिएको छ। डेरि स्ट्रिटमा किनारा पसल भित्र रहेको कोठामा सुन पसल गरेको थियो। यो स्ट्रिटमा दर्जन बढी नेपालीका स्टोर छन् ।
समाज टाइम्सलाई प्राप्त भिडियो