समाता साँझ न्यूयोर्क घटना : ‘नीयतवस् होइन,अन्जानमा परिस्थितिजन्य घटना घट्यो !’ आयोजक

न्यूयोर्क,अमेरिका / न्यूयोर्कमा सम्पन्न समता साँझ तथा सिनेट सुशोभन समारोह आयोजक पक्षले कार्यक्रमका बीच भएको घटना नीयतवस् नभएको प्रस्ताटाएको छ।
साथै भविश्यमा यस्तो घटना नदोहोर्याउने पनि आयोजकले विज्ञप्ति मार्फत जनाएको छ।
आयोजकद्वारा जारी विज्ञप्तिको पूर्णपाठ
बिषय: नीयतवस् होइन , अन्जानमा परिस्थितिजन्य घटना घट्यो ! घटनामा सहभागि र आजोजक बीच छलफल र क्षमायाचना, भविस्यमा यस्तो घटना दोहरिन न दिने प्रतिबद्धता!!!
नमस्कार पत्रकार मित्रहरू , बिभिन्न संचार माध्यमहरू , समाजिक अभियंता साथीहरू
यही नोबेम्वर ५ ,२०२२ का दिन नेपालका बरिष्ट कलाकारको सहभागिता मा अमेरिकाको न्यू योर्कमा आयोजित समता गोलोवल सिनेट, समता साँझ को कार्यक्रममा भएका केही कुरा लाइ लिएर केही सामाजिक संजाल, संचार माध्यममा आएका कुराहरू प्रती यस आ के फ़ाउंडेशन र समाजका सबै अगुवाहरूको गंभीर ध्यानाकर्षण भएको थियो।
नेपालमा शिक्षा बाट बन्चित बाल बालिका लाइ सस्तो शुलभ रूपमा शिक्षा प्रदान गर्दै आएको समता ब्याम्बो स्कूलको अनुरोध मा यस आर के फ़ाउंडेशन अमेरिका ले समता गोलोवल सीनेट संग मिली ती बाल बलिकाका लागि पैसा संकलन होस् भनि उक्त समता साँझ को आयोजना गरेको थियो।
कार्यक्रम अत्यंत भब्य र सब्भय रूपमा संचालित भइ रहेको अवस्थामा नेपालका बरिष्ट कलाकार हरिवंश आचार्य , मदन कृष्ण श्रेष्ठ लगायतका कलाकारले आफ्नो प्रस्तुती गरि रहेको बेलामा कार्यक्रममा सहभागी मघ्ये बाट केही ब्यक्तीहरू स्टेज (मंच)मै चढे पछि प्रस्तुतीमा अवरोध सृजना हुन्छ भनि आयोजक संस्थाका स्वंय सेवकले ती सहभागीहरू लाइ मचं , स्टेज बाट तल ल्याएर सम्झाउने बुझाउने कार्य गर्ने क्रममा असमझदारी उत्पन्न भइ हात हालाहालको अप्रिय स्थिति सृजना भइ जन मानसमा नकारात्मक असर परेको थियो।
त्यसरी कार्यक्रम र जनमानसमा परेको असुविधा ,नकारात्मक असरले सिंगों समाज , युवाहरूमा बिभाजन, मतमतान्तर र बैमस्यता अगाड़ी न बढोस, भविष्यमा कूनै पनि कार्यक्रम हरूमा यस्ता खाले समस्या सृजना न होस् भनि समाजका अगुवाहरूको पहलमा आयोजक , स्वयंसेवक र उक्त बिवादमा संलग्न भनिएका पक्ष लाइ राखेर सम्झौता र समझ्दारी गराउने काम सम्मपन्न भएको छ ।
सामाजिक अभियंता, समाजका अगुवाहरू बिश्व राज बास्तोला, बावुराम शर्मा हेमन्त मल्ल , यादव बास्तोला र टिका ढकाल समता गोलोवल सीनेट र वेद प्रसाद खरेल आर के फ़ाउंडेशनको पहलमा बावुराम शर्माको निवास लगं आइलैंड मा आयोजक , स्वयंसेवक र उक्त बिवादमा संलग्न भनिएका पक्ष लाइ राखेर जे भयो राम्रो भएन हामी बाट भएको यस्तो गल्ती अब आइन्दा दोहोरिने छैन र यस बाट समाज लाइ परेको असुविधा प्रती क्षमायाचना गर्ने भन्ने समझदारी गरिएको छ ।
नियत बस न भएर अन्जानमा एक आपसको असमझदारीले गर्दा स्वयंसेवक नवराज सापकोटा , आयोजक विकास खरेल, पारस खरेल , राजेश सापकोटा लगायतका ब्यकतीहरू प्रति हुन गएको घटना प्रती दुःख ब्यक्त गर्दै भविष्य मा यस्ता खाले कूनै पनि घटना वा असमझदारी उत्पन्न हुन न दिन प्रतिबद्धता ब्यक्त गरिएको छ ।
सहभागिहरूको तर्फ भएको क्रियाकलाप बाट सबैमा पर्न गएको असुविधा र असर प्रति ती सहभागी सबैको तर्फ बाट किशन पुरी ले क्षमायाचना गरेका छन् । त्यसै गरि आयोजकका तर्फ बाट विकास खरेल सबै कुराहरू मिलेको र उत्पन्न परिस्थिति ले कार्यक्रममा सहभागी, सहयोगी लगायतका सबै लाइ घटना घटाउने ,पिडितहरू र आयोजक बसेर सहमति सम्झौता भएको र सबैमा परेको असुविधा प्रती , कार्यक्रममा भए गरेका कमिकमजोरी प्रती आयोजकको तर्फ बाट क्षमायाचना गरेका छन् ।
समाजमा यस्ता खाले कि्याकलाप र घटना हुनु हुदैनथ्यो, कूनै पनि कार्यक्रमको स्टेजमा सहभागीहरू जानु हुदैन र हुन्नथ्यो , त्यसकारणले जे भएको थियो त्यो हुनु हुदैथ्यो तर भइ सके पछि हामीले समाजमा बसेर त्यस लाइ नज़र अन्दाज़ गर्ने , पक्ष बिपक्षमा बिभाजितहरू लाइ एक आपसमा बैमस्यता बढ्न दिने काम गर्न सक्दैनथ्यौ ।
त्यसै हामी आयोज र उक्त घटनामा सहभागि भएका भाइ भतिजहरू लाइ राखेर कुरा गर्ने , सहमति समझदारी गराउने पहल गर्यौ । हाम्रो पहलले अत्यंत सकारात्मक रूप लियो । दुवै तर्फ बाट भएका कमी कमजोरी लाइ स्वीकार गरेर भविष्यमा मिलेर अगाड़ी बढ़्ने , यस्ता खाले कूनै पनि घटना घट्न न दिने प्रतिबद्धता ब्यक्त भएका छन् ।
यो कदमले न्यू योर्क को नेपाली समाजमा एकताको सन्देश जाने बिस्वास सामाजिक अभियंता, समाजका अगुवाहरू बिश्व राज बास्तोला एन आर एन अमेरिकाका बोर्ड अफ डायरेक्टर , बावुराम शर्मा लगं आइलैंड नेपाली समाजका महासचिव , हेमन्त मल्ल पर्वत सेवा समाज अमेरिका न्यू योर्क का अध्यक्ष , यादव बास्तोला समाजिक अभियंताले गर्नु भएको छ ।
दुबै पक्ष लाइ राखी छलफल,सहमति, र सम्झौता गराउन महत्वपूर्ण भूमिका निभाई समाज लाइ एकबद्द बनाउन भूमिका खेल्नु भएकोमा सामाजिक अभियंता, समाजका अगुवाहरू बिश्व राज बास्तोला एन आर एन अमेरिकाका बोर्ड अफ डायरेक्टर , बावुराम शर्मा लगं आइलैंड नेपाली समाजका महासचिव , हेमन्त मल्ल पर्वत सेवा समाज अमेरिका न्यू योर्क का अध्यक्ष , यादव बास्तोला लगायतका सबै सहयोगी लाइ आर के फ़ाउंडेशन र समता गोलोवल सीनेट ले हार्दिक धन्यबाद ज्ञापन गरेको छ ।
त्यसै गरी नीयत बस नभइ अन्जानमा घटेंको , घटनामा सहभागी भइ समाजका अगुवा हरूले बोलाएको छलफल मा सहभागि भइ आफ्नो कमिकमजोरी लाइ स्वीकार गर्ने पक्ष र उक्त घटना लाइ समझदारीमा परिणत गर्ने प्रताड़ित भएका आयोजक , स्वयंसेवक लाइ पनि आयोजक संस्था हरू वेद प्रसाद खरेल अध्यक्ष आर के फ़ाउंडेशन र टिका ढकाल बरिष्ट उपसभापति समता गोलोवल सीनेट हार्दिक धन्यबाद दिन चाहन्छ ।