समता साँझ न्यूयोर्क घटनाबारे आयोजक बोल्यो : ‘केही व्यक्तिको प्रदर्शन अशोभनिय, निन्दा गर्न चाहान्छौ’
न्यूयोर्क, अमेरिका / गत शनिवार अमेरिकाको न्यूयोर्कमा भएको समात ग्लोबल साँझ तथा सिनेट शुसोभन समारोहमा भएको घटना प्रति आयोजकले दुख व्यक्त गरेको छ।
नेपाली रंगमञ्चका बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिमा न्यूयोर्कमा भएको कार्यक्रममा केही समय स्थिति असामान्य भएको थियो।
दर्शक र स्वयम सेवक बीचमा विवाद हुदा हात हालाहालको स्थिति बनेको थियो। सो घटनाको दुई दिन पछि सोमवार समता ग्लोबल सिनेटका बरिष्ठ उपाध्यक्ष टीकाप्रसाद ढकालले विज्ञप्ति जारी गर्दै घटानाले दुख लागेको बताएका छन। ‘कार्यक्रमको अन्त्यमा भएको नमिठो र अप्रिय ब्यहबार प्रदर्शनबाट केहि समय रमाइलो साँझ अबरुद्ध हुन् गएकोमा हामीलाई निकै दुख लागेको छ ।’ विज्ञप्तिमा उनले भनेका छन्।
‘कार्यक्रम विशुद्द सामाजिक रूपमा आयोजना भएको र त्यही कारणले नेपाल देखी अमेरिका सम्मका ख्याति प्राप्त कलाकारले निःशुल्क रूपमा सहभागिता जनाउनु भएको थियो । यस्तो सामाजिक उद्देश्य बोकेको कार्यक्रममा केही ब्यक्तीहरूले पर्दशन गरेको अशोभनिय कार्य, उच्छृंखल गतिविधि प्रती हामी घोर भर्त्सना र निन्दा गर्न चाहन्छौ ।’ विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिको पूर्णपाठ
बिषयः यथार्थ जानकारी र भ्रमात्मक प्रचारको खण्डन सम्बन्धमा
नमस्कार पत्रकार मित्रहरू , बिभिन्न संचार माध्यमहरू , समाजिक अभियंता साथीहरू
नेपालमा शिक्षाको अबसर बाट बञ्चित गरिव तथा जेहेन्दार बाल बालिकाहरु लाइ शिक्षाको अवसर प्रदान गर्ने उदेस्य ले समता ग्लोबल सिनेट र आर के फाउन्डेसन को पहल र न्युयोर्कका सबै संघ सस्था हरुको सहयोगमा गत नोभेम्वर ५ तारिक भएको समता साझ मा उपस्थित हुनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छौं।
हामी लाई आशा छ तपाईंहरु सबैले रमाइलो गर्नुभयो होला र हामी आगामी दिनहरुमा पनि हजुरको निरन्तर सहयोगको अपेक्षा गर्दछौं।
समता साँझ आयोजन गर्न हामीलाई तपाईंहरुले दिनु भएको साथ सहयोगको साँच्चै कदर गर्दै तपाइको सद्भाव र माया को लागि हामी धेर धेरै आभारी छौ ।
कार्यक्रम अत्यन्त भब्य र शब्य रूपमा संचालित भइ रहेको अवस्थामा नेपालका बरिष्ट कलाकार हरिवंश आचार्य लगायतका कलाकारले आफ्नो प्रस्तुति गरि रहेको बेलामा कार्यक्रममा सहभागी मघ्ये बाट केही ब्यक्तीहरू स्टेज (मंच)मै चढेर उहाँसगै नाच्ने , उहँको प्रस्तुतिमा अवरोध सृजना गरे पछि हाम्रा स्वंय सेवकले ती ब्यक्ती हरू लाइ मचं , स्टेज बाट तल ल्याएर सम्झाउने बुझाउने कार्य गरेका थिए ।
कार्यक्रम लाई मर्यादित, भब्य र सब्भ्य रूपमा सम्पन् गर्न खटिएका स्वयं सेवकले मचं / स्टेजमा न चड्न अनुरोध गर्दा केही ब्यक्तीहरूले अत्यन्त अशोभनीय , अमर्यादित र उच्छृंखल तरिकाले ती स्वयं सेवक माथी हात पात गर्ने , गाली-गलौज गर्ने र कार्यक्रम माथीनै खलल पुर्याउने गतिविधि गरेको कारणले कार्यक्रममा केही असुविधा उत्पन्न भएको थियो ।
स्वयं सेवकलाई समातेर ४,५ ले कुटपिट गर्ने सम्मको धृणित कार्य गर्ने ती ब्यक्तीहरू लाइ सुरक्षा गार्ड , स्वयं सेवक र कार्यक्रममा सहभागी महानुभाव ले कार्यक्रम स्थल बाट बाहिर निकाले पछि कार्यक्रम पुनः संचालन भइ सम्पन् भएको थियो ।
कार्यक्रम विशुद्द सामाजिक रूपमा आयोजना भएको र त्यही कारणले नेपाल देखी अमेरिका सम्मका ख्याति प्राप्त कलाकारले निःशुल्क रूपमा सहभागिता जनाउनु भएको थियो । यस्तो सामाजिक उद्देश्य बोकेको कार्यक्रममा केही ब्यक्तीहरूले पर्दशन गरेको अशोभनिय कार्य , उच्छृंखल गतिविधि प्रती हामी घोर भर्त्सना र निन्दा गर्न चाहन्छौ ।
कार्यक्रम को अन्त्यमा भएको नमिठो र अप्रिय ब्यहबार प्रदर्शन बाट केहि समय रमाइलो साझ अबरुद्ध हुन् गएकोमा हामीलाइ निकै दुख लागेको छ ।
मञ्चमा चढ्ने , स्वयंसेवक, आयोजक माथी नै हातपात गर्ने र उल्टै आयोजक माथी दोषारोपण गर्ने , संचार माध्यममा उल्टो आयोजकलाई नै ग़लत देखाएर भ्रम फिजाएर पानी माथीको ओभानो हुने यस्ता व्यवहार ती ब्यकतीहरू बाट आगामी दिनमा नदोहरिने अपेक्षा गरेका छौं ,र सम्पूर्ण संचार माध्यम हरू लाइ सत्य र यथार्थ समाचार प्रसारण, प्रकाशित गरिदिनु हुन अनुरोध गर्दै
आयोजक को तर्फ बाट तपाईहरु मा हामी क्षमा याचना गर्न चाहन्छौ .
टीका प्रसाद ढकाल
वरिष्ठ उपाध्यक्ष
समता ग्लोबल सिनेट