न्यूयोर्कमा सम्पन्न अन्तर्राष्ट्रिय ट्राभल्स शोमा नेपाली व्यवसायी सहभागी
न्यूयोर्क,अमेरिका / अमेरिकामा सम्पन्न अन्तर्राष्ट्रिय ट्राभल मेलामा नेपाली पर्यटन व्यवसायीहरु सहभागी भएका छन्।
एमएसआइ मेनेजमेन्ट आइएनसीद्वारा आयोजति सो अक्टोबर २७ देखि २९ सम्म न्यूयोर्कको म्यानहाटनमा भएको थियो।
कोभिड – १९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने भन्दै नेपाली पर्यटन व्यवसायीहरु अमेरिकाको न्यूयोर्कमा आयोजना गरिएको ट्राभल्स शो मा सहभागी भएका हुन् ।
विश्व कै आर्थिक राजधानी र संसार का सबैभन्दा धेरै पर्यटक आउने शहर न्यूयोर्क भएको अन्तर्राष्ट्रिय ट्राभल शो मा नेपालको लागि आधिकारिक कम्पनी ट्राभल ब्युरो अफ नेपाल सँगको सहकार्यमा भएको हो। कार्यक्रममा नेपालका विभिन्न कम्पनीहरूले सहभागिता जनाएका थिए।
उक्त ट्राभल्स शोमा नेपालको पशुपति मन्दिर र स्वयंभूको स्तुपा सँगै बिभिन्न जातजातिका सांस्कृतिक भेषभूषा, कुमारी नृत्य, नेपाली लोक भाका का सांस्कृतिक नृत्य, हिमाल आरोहणका समय प्रयोग गरिने सामाग्रीहरु प्रदर्शन गरिएको थियो ।
उक्त ट्राभल शो को संयोजक नेपाल पर्यटन बोर्डका अमेरिका का लागि पर्यटन दूत प्रदिप श्रेष्ठले गरेका थिए ।
उक्त शो मा विभिन्न देशका एक सय २० भन्दा धेरै कम्पनीहरु सहभागी थिए । हरेक बर्ष अक्टोबर महिनामा हुने उक्त शो को आयोजक ले नेपाल को लागि आधिकारिक एजेन्ट मा ट्राभल ब्युरो अफ नेपाल लाई नियुक्त गरेको उक्त कम्पनी का सिईओ साथै पर्यटन दुत प्रदिप श्रेष्ठ ले जानकारी दिएका थिए ।
न्युयोर्क मा नै आगामी जनवरी २८-२९ , २०२३ मा ट्राभल एण्ड एडभेन्चर शो आयोजना गरिएको छ , उक्त शो को आयोजक कम्पनी ले पनि ट्राभल ब्युरो अफ नेपाल लाई नै नेपाल को लागि आधिकारिक एजेन्ट नियुक्त गरेको पर्यटन दुत श्रेष्ठ ले जानकारी गराएका छन् ।