समता साँझका लागि हरिबंश र उत्तम न्यूयोर्क आइपुगे, मंगलवार पत्रकार सम्मेलन
न्यूयोर्क,अमेरिका/ अमेरिकाका विभिन्न शहरमा हुने समाता साँझ तथा ग्लोवल सिनेट सुशोभन समारोहका लागि बरिष्ठ कलाकार हरिवंश आचार्य सोमवार न्यूयोर्क आइपुगेका छन्।
आचार्य सँगै समता स्कूलका संस्थापक संचालक उत्तम सञ्जेल पनि न्यूयोर्क आइपुगेका छन्। नेपालमा न्यून शुल्कमा गुणस्तरिय शिक्षा दिदै आएको समाता स्कूललाई आर्थिक सहयोगका लागि अमेरिकाका विभिन्न शहरमा मह जोडि (मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य) को कार्यक्रम छ।
समता स्कूलले एक सय रुपैयामा विपन्न वर्गका विद्यार्थीलाई शिक्षा दिदै आएको छ।
सोमवार बिहान तीन वजे न्यूयोर्कको जेएफके विमानस्थलमा अवतरण गरेका आचार्य र सञ्जेललाई समता ग्लोवलका पदाधिकारीले स्वागत गरेका थिए।
अध्यक्ष उत्तम गौली सहित वरिस्ठ उपाध्यक्ष टिकाराज ढकाल ,सिनेटर संकर भन्डारी , आर के फाउन्डेसनका महासचिव एवं सिनेटर पारस खरेल ,सिनेटर विकास खरेल एवं एन आर एन ए अमेरिकाका वोर्ड अफ डाईरेक्टर विश्व वास्तोला विमानस्थल पुगेका थिए ।
समता साँझ न्यूयोर्कबाट शुरु हुने छ। आरके फाउण्डेशनका महासचिव खरेलका अनुसार न्यूयोर्कमा नोभेम्वर ५ तारिक शनिवार कार्यक्रम राखिएको छ।
सोही कार्यक्रमका बारेमा थप जानकारी दिन मंगलवार पत्रकार सम्मेलन राखिएको छ।
पत्रकार सम्मेलन हुने स्थान :- Thamel NYC, 63-14 Roosevelt Ave, Queens, NY 11377
मिति:~ नोभेम्वर १ मंगलवार
समय :~ 7 PM
भवदिय समता सांझ सास्कृतिक कार्यक्रम एवं वृहत सुशोभन समारोह,आयोजक समिति न्यूयोर्क अमेरिका
अमेरिकामा समता साँझ कहा र कहिले ?