‘अनमोल केसीको बाबु भनेर चिन्दा गर्व लाग्छ’ : सुपरस्टार नायक भुवन केसी
ल्यानक्यास्टर,पेन्सिलभेनिया/ नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष सदावहार नायक सुपरस्टार भुवन केसीले आजकल आफुलाई अनमोल केसीको बाबु भनेर चिन्ने गरेको बताएका छन्।
अमेरिकामा रहेको नेपाली एसोसिएशन अफ पेन्सिलभेनियाले आइतवार ल्यानक्यास्टरमा गरेको सम्मान पछि मन्तव्य दिदै केसीले छोराको प्रगतिमा अन्य आमाबाबुलाई झै आफुलाई पनि खुसी लागेको बताए।
नेपाली सांगितिक क्षेत्रको कालजयी गीत कुसुमले रुमाल …. गुनगुनाउदै रोमान्टिक मुडमा मन्तव्य शुरु गरेका केसीले यस पटक छोटो तयारीमा पेन्सिलभेनिया आएको तर अर्को पटक समय लिएर आउने प्रतिज्ञा गरे।
‘अब नेपाल गए पछि अनमोस केसी र नयाँ नायिका अनुबन्धन गरेर चलचित्र बनाउदै छु त्यो सँगै बसेर हेरौला।’ केसीले भने।
उनले आफुसँग कुनै प्रश्न वा जिज्ञासा भए सोध्न कार्यक्रममा सहभागिलाई आग्रह पनि गरे। ‘केही जिज्ञासा छन् भने सोध्नु होला तपाईहरु सबैले मेरो फिल्म हेर्नु भएकै होला केटाकेटी बाहेक, पहिला मलाई नायक भुवन केसी भनेर चिन्दथे आजकाल अनमोल केसीको बाउ भनेर चिन्छन्’
केसीले यस्तो हुदाँ आफुलाई खुसी लागेको बताए। ‘मलाई खुसी लागेको छ। निश्चय पनि हेरक बाउ, हरेक आमाले आफ्नो बच्चाका लागि कति संघर्ष गर्नु हुन्छ, कति कुरवानी गर्नु हुन्छ सबै बाउ आमा नै आफ्नो छोराको नामबाट चिनिन पाउदा गर्व नै गर्छन्।’
केसीले सम्वोधनमा आधा दर्जन भन्दा बढी गीतका टुक्रा गुनगुनाउदै महोललाई रोमाञ्चित बनाएका थिए। केसीले आफुलाई सम्मानित गरेकोमा धन्यवाद पनि दिए।
ल्यानक्यास्टरबासी बीच दशैं-तिहारको शुभ कामना आदान प्रदान गर्न आयोजित कार्यक्रममा एसोसिएशनका तर्फबाट अध्यक्ष नेरु गिरिले नायक केसीलाई कदर पत्र सहित सम्मान गरे।
नायक केसीले नेपाली चलचित्रको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै समान्न गरिएको अध्यक्ष गिरिले बताए। केसीको सम्मानमा एसोसिएशनले रात्री भोजको पनि आयोजना गरेको थियो।
कार्यक्रममा सहभागि सँग नायक केसीले झण्डै डेढ घण्टा विताएका थिए। उनी कार्यक्रमा सहभागि सँग निकै घुलमिल हुदै सँग सँगै नाचेका थिए।
केसीले आफैले गाएको स्वर्गिय लालबाबु खाती शब्द रहेको हामी कालो छाता हजुर जोड्दै नओड्नाले गाएका थिए….
कालो भनी नभन गर हेला …
कालो कै परौली फेला …
अरु कालो रेलको धुवाले
हामी कालो छाता हजुर ओड्दै नओड्नाले ….
कार्यक्रममा त्रिविक्रम न्यौपानेले गजल प्रस्तुत गरेका थिए। ‘मैले अर्कै गजल भन्ने भनेर आएको थिए तर भुवन केसी ज्यूलाई यहाँ देखे पछि यही हलमा लेखेको गजल सुनाउछु।’
न्यौपानेले केसीका जीवनका सुख र दुखका बारेमा गजल सुनाएका थिए ।.
न्यौपानेको गजलको नायक केसीले पनि प्रसंशा गरेका थिए।