अमेरिकामा भाइ टीका बिहिवार,लक्ष्मीपूजा सोमवार
पेन्सिलभेनिया, अमेरिका / अमेरिकामा तिहारको भाइ टीका अक्टोबर २७ तारिक बिहिवार परेको छ।
मेरिल्याण स्थित नेपाली हिन्दु बुद्ध मन्दिरका पण्डित कमल कान्त सापकोटाका अनुसार अक्टोबर २७ तारिक बिहिवार ११ बजेर २४ मिनेट देखि १२ बजेर १५ मिनेट सम्म उत्तम रहेको छ।
पण्डित सापकोटाका अनुसार विहान पाँच बजेर ४० मिनेट देखि सात बजेर ३५ मिनेट सम्म शुभ बेला छ।
यस्तै विहान ११ बजेर ४० मिनेट देखि एक बजेर १५ मिनेट सम्म लाभ वेला छ। दिउँसो एक बजेर १५ मिनेट पछि दुई बजेर ४५ मिनेट सम्म अमृत बेला रहेको छ।
अभिजित् मुहूर्त विहान ११ बजेर २४ मिनेट देखि १२ बजेर १५ मिनेट सम्म रहने छ यो सबैभन्दा उत्तम साहित छ ।
यस दिन चन्द्रमा उत्तर दिशामा हुने हुनाले अतः पश्चिम मुख गरी टीका थाप्नु शुभ हुने पण्डित सापकोटाको भनाई छ ।
तिहारको यमपञ्चक २२ तारिक शनिवारबाट शुरु हुने छ। शनिवार धनत्रयोदशी परेको छ। यो दिन नयाँ भाडा किन्ने चलन छ।
अक्टोवर २३ तारिक आइतवार काग तिहार परेको छ। अक्टोवर २४ तारिक सोमवार कुकुर तिहार र साँझमा लक्ष्मीपुजा तथा दिपावली परेको छ।
यस्तै २५ तारिक मंगलवार गाईतिहार, २६ तारिक बुधवार गोवर्द्धन (गोरु) पूजा रहेको छ। बुधवार महपूजा पनि परेको। २७ तारिक भाइ टीका परेको छ।