निर्वाचन आयोगद्वारा दुबै संसद उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिकाअनुसार वुधबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी हुनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो ।
आयोगले वुधबार मनोनयन दर्ता गरेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । मनोनयन फिर्ता लिन इच्छुक दल र उम्मेदवारले फिर्ता लिइसकेपछि आयोगले उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिनका लागि उम्मेदवारी दिएकामध्ये ३७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर प्रतिनिधिसभार्फत ११९ र प्रदेशसभातर्फ २५७ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको हो ।
प्रतिनिधिसभातर्फ ११९ जनाले फिर्ता लिएसँगै २ हजार ४१२ जनाको उम्मेदवारी कायम भएको छ । जसमा २ हजार १८७ जना पुरुष र २२५ जना महिलाको उम्मेदवारी कायम भएको छ । प्रदेशसभातर्फ पनि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर २५७ जनाले उम्मेदवारी फिर्ता लिएसँगै ३ हजार २२४ जनाको उम्मेदवारी कायम भएको छ । जसमा २ हजार ९४३ जना पुरुष, २८० जना महिला तथा एक जना अन्यको उम्मेदवारी कायम भएको हो ।
मंसिर ४ मा हुने निर्वाचनका लागि दर्ता भएका उम्मेदवारमध्ये आज प्रतिनिधिसभा तर्फ ११९ र प्रदेशसभा तर्फ २५७ उम्मेदवारी फिर्ता लिएपछि कायम भएको प्रारम्भिक विवरण
प्रतिनिधिसभा तर्फ कूल-२४१२
पुरुष-२१८७
महिला-२२५
प्रदेशसभा तर्फ कूल-३२२४
पुरुष-२९४३
महिला-२८०
अन्य- १
-आयोग प्रवक्ता
प्रतिनिधिसभाका लागि उम्मेदवारहरूकाे सूची: