प्रधानमन्त्रीले गृहमन्त्रीको राजिनामा माग्नु पर्छ: एमाले अध्यक्ष केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेर बहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणको राजिनामा माग्नु पर्ने बताएका छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) को साधरण सभाको समापनका दिन बुधबार काठमाडौंमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा गृहमन्त्रीको अभिव्यक्ति आपत्ति जनक रहेको बताए।
ओलीले बोल्दै नबोल्ने संस्थाको बारेमा गृहमन्त्रीले बोलेर अलोकतान्त्रिक व्यवहार देखाएको आरोप लागए।
‘यही कार्यक्रममा गृहमन्त्रीले राष्ट्रपतिको बारेमा दिएको अभिव्यक्तिप्रति आपत्ति छ। बोल्दै नबोल्ने संस्थाको बारेमा यति लज्जाजनक कुरा बोल्नु हुँदैनथ्यो। यो सोभनीय कुरा पनि होइन,’ उनले भने, ‘अलिकति डेमोक्रेटिक कल्चर हुन्थ्यो भने प्रधानमन्त्रीले राजीनामा मागिसक्नुहुन्थ्यो।’
एनआरएनए साधरणसभामा मंगलवार बोल्ने क्रममा गृहमन्त्री खाणले राष्ट्रपतिले संविधान भन्दा बाहिर गएर नागरिकता विधेयक रोकेको बताएका थिए। ‘राष्ट्रपतिले यसलाई (नागरिकता विधेयक) पारित गर्नै पर्ने हो, संविधानको धारा एक सय १३ को ४ चारमा के लेखेको छ भने, संसोधित स्वरुपमा वा सोही स्वरुपमा विधेयक पारित भइसके पछि १५ दिन भित्र जारी हुने छ त्यहाँ फर्काउने प्रावाधान नै छैन रोकिराख्ने प्रावाधान नै छै।’
गृहमन्त्री खाणले अगाडि भनेका थिए,’राष्ट्रपतिको यो कमद असंवैधानिक कमद हो, संविधान विपरित कमद हो, संविधानको पालना गर्ने व्यक्तिले असंवैधानिक कमद चाल्न पाइन्छ र ?’ भनेर प्रश्न गरेका थिए।
ओलीले नागरिकता विधेयक सम्बन्धमा आफूहरुसँग बहस गर्न आह्वान गरे। ‘कोही डिबेट गर्न चाहन्छन् भने हामी छौं। आउनुस्, फोरम तयार गरेर डिबेट गरौं। बोल्दै नबोल्ने संस्थाको बारेमा असभोनीय कुरा नगरौं।’
भोट माग्न सिमापारी जानु पर्ने अवस्था छ: केपी ओली
ओलीले भोटमा माग्न सिमापारी जानु पर्ने अवस्था रहेको बताएका छन्। सोही कार्यक्रममा ओलीले केही भोट बढाउन देशभित्रै नेपालीलाई अल्पसंख्यक बन्न नदिइने बताए। ‘विदेशीलाई नागरिकता दिएर नेपालीलाई देशभित्रै अल्पसंख्यक बनाउँने प्रयासमा एमाले सधैं बाधक बन्छ।’ ओलीले भने।
ओलीले अहिले विदेशीलाई नागरिकता दिन पाइएन भनेर सत्ता गठबन्धनका मान्छेहरुले एकस्वरमा एमालेको विरोध गरिरहेको बताए । उनले यस अगाडि नागरिकता दिने नाममा अन्यथा भएको बताए। तर कस्तो प्रकारको अन्यथा भयो भनेर खुलाएनन्।
‘हामीले यसअघि नै नागरिकता दिने नाममा अन्यथा भइसकेको छ । आज कतिपय ठाउँहरुमा भोट माग्ने बेला सीमापारीका गाउँमा जानुपर्ने अवस्था छ । किनकी मतदाता उतातिर छन् ।’ ओलीले भने, ‘हामी डेमोग्राफिक चेन्जमार्फत माइनोरिटीमा जान चाहान्नौं । नेपाल नेपालीले चलाउँछन्,वास्तविक नेपालीलाई नागरिकताबाट बञ्चित गर्न सक्दैनौं ।’
ओलीले खुला सीमाना अनियन्त्रित अवस्थामा रहेको भन्दै गैरनागरिकलाई नागरिकता दिन पाइएन भनेर अहिले एमालेविरुद्ध हल्ला रुवाबासी भइरहेको बताए । उनले नागरिकतामा लचिलो बन्ने नाममा हौसिए,अलिकति भोट बढाउँनका लागि देशभित्रै माइनोरिटीमा जान एमाले नसक्ने बताए ।
ओलीले गैरआवासीय नेपालीलाई विशेष नागरिकता दिने सन्दर्भमा एमाले तयार रहेको र मंसिर ४ गतेपछि आफूले बोलेको भरपाई पेश गर्नेसमेत बताए ।