नेपाल बारे अमेरिकाका विद्यार्थी बीच हाजिर जवाफ

पेन्सिलभेनिया,अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समान्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत पेन्सिलभेनिया (पीए) च्याप्टरले हाजिर जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ।
एनआरएनए अमेरिकाका ३१ मध्ये पेन्सिलभेनिया कान्छो च्याप्टर हो। स्थापना पछि पीए च्पाप्टरले पहिलो पटक औपचारिक रुपमा कार्यक्रम गर्न लागेको हो।
च्याप्टरका अध्यक्ष सुभाष बैठाका अनुसार पेन्सिलभेनियामा रहेका सात देखि दश कक्षामा अध्ययनरत विद्धार्थीले हाजिर जवाफमा भाग लिन पाउने छन्।
‘नेपालबारे जानकारी गराउने र बुझाउने उद्देश्यले’ यस्तो कार्यक्रम गर्न लागिएको अध्यक्ष बैठाको भनाई छ। ‘अमेरिकामा रहेका हाम्रा बाबु नानीले नेपालका गौरभ, इतिहास र चर्चित स्थालहरुका बारेमा नभुलुन भनेर यो कार्यक्रम गर्न लागिएको हो।’ समाज टाइम्स सँगको कुराकानीमा बैठाले भने।’हाजिर जवाफमा नेपालका बारेमा मात्र प्रश्न सोधिने छ।’
यस्तो कार्यक्रमले राज्यमा रहेका नेपाली भाषी बालबालिकाहरुलाई नेपालबारे सामुहिक रुपमा जान्ने र व्यक्तिगत रुपमा एक आपसमा परिचयको अवसर दिने पनि बैठाको भनाई ।
सहभागिहरुको हौसलाबृद्दिका लागि नगद पुरस्कार पनि राखिएको छ। जस अन्तर्गत पहिलो हुनेले एक हजार अमेरिकी डलर पाउने छन्। यस्तै दोस्रोका लागि सात सय र तेस्रोका लागि पाँच सय डलर नगद पुरस्कार दिइने छ।
अध्यक्ष बैठाका अनुसार हाजिर जवाफ जुम मार्फत हुने छ भने हाजिर जवाफको मिति अर्को सूचना मार्फत जानकारी गराइने छ।
एनआरएनए अमेरिका पेन्सिलभेनिया च्याप्टरको पूर्ण सूचना
अमेरिकाको पेन्सलभनिया स्थित ग्रेड ७ देखी १० सम्मका नानी बाबूहरूलाई नेपालको बारेमा जानकारी गराउने र बुझाउने उद्देश्यले NRNA Pennsylvania ले हाज़िर जवाफ प्रतियोगिता गराउन गइरहेको छ । जसमा नानी बाबू लाई हौसला बढ़ाउने उद्देश्य ले पहिलो,दोस्रो र तेस्रो हुनेलाई क्रमश १००० , ७०० र ५०० सहित सबै सहभागी लाई प्रमाण पत्र दिइने छ । जुन प्रतियोगिता zoom मार्फ़त हुने छ । कृपया इच्छुक अभिभावकहरूले आ-आफ्ना बालबालिका सहित छर छिमेक वा साथीभाई चिनजानका सबै बाबूनानीहरूको नाम , ठेगाना, स्कूल समूह, सम्पर्क फोन नंबर र इमेल बिबरण उपलब्ध गराई सहयोग गरी दिनु हुन हार्दिक अनुरोध गर्दछु ।
कार्यक्रम संयोजक
तेज प्र. पन्थी
Nrna Pennsylvania
फोन 6468618637 (प्रत्यक्ष दिनको ३ बजेपछि)
ईमेल tppanthi@gmail.com ; Mailing Address: 708 Admirals Quay Dr Mechanicsburg PA 17050
रमेश लामिछाने, सचिब
फोन. नं. 7173299272
नारायण बास्तोला, सहसचिब
फोन नं. 7175784901
सुबास बैठा, अध्यक्ष
फोन नं. 4843400366