नेपाली समाज टेक्सासको मेघा दशै कार्यक्रम सम्पन्न,मन्दिरका पदाधिकारीको उपस्थित शून्य किन ?

टेक्सास,अमेरिका। नेपाली समाज टेक्सासको आयोजनामा डल्लासमा दशै कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ।
गायक यड्रिन प्रधान, संगतितकार नरेन्द्र प्यासि लगायतको प्रस्तुति रहेको कार्यक्रममा आठ सय भन्दा बढीको उपस्थिति रहेको आयोजकको दावी छ।
साँझ सात बजे शुरु भएको कार्यक्रम मध्यरातमा चलेको थियो। कार्यक्रममा नेपाली मन्दिरका शेखर गुरुबाट दशैको टिका लगाएर दशैको महोल निर्माण गरिएको थियो । स्थानिय कलकारको सामुहिक नाच, विभिन्न संस्कार झल्किने संस्कृतिक प्रस्तुति सहित स्थानिय गाएककारहरुको पनि प्रस्तुति रहेको थियो ।




संगितकार नरेन्द्र प्यासिले सुगम संगितबाट मनोरञ्जन दिलाए। १९७४ एडीका यड्रिन प्रधानले झण्डै दुई घण्टा दर्शकलाई झुमाए। कार्यक्रममा दशैको खसि उपहार रहेको भाग्य चिठ्ठा पनि खोलिएको थियो। सो चिठ्ठा शान्ता गिरिले जतिन।
समाजकी कार्यकारी सदस्य समेत रहेकी गिरिले खसि बरावरको रकम संस्थालाई नै दान दिएको घोषणा गरेकी छिन्।

नेपाली कला, संस्कार र संस्कृति साथै चाडवाड पुस्तान्तरणका लागि यस्ता कार्यक्रमले सहयोग गर्ने समाजका अध्यक्ष राजेन्द्र वाग्लेको भनाई छ। ‘सम्पुर्ण मनकारी नेपाली मनहरुबाट सहयोग पाएका छौ । आर्थिक, भौतिक लगाएतको सहयोगले कार्यक्रम पुर्ण सफल भयो।

मन्दिरका पदाधिकारीको असहयोग कि बहिस्कार
नेपाली टेक्सास समाज अमेरिकी नेपाली समाजमा सक्रिय संस्था मध्येमा पर्दछ। समाजले यस अगाडि डालसमा आयोजना गर्ने प्रायस कार्यकममा नेपाली मन्दिरका पदाधिकारीहरुको पनि साथ र सहयोगमा रहने गरेकोमा यस पटक त्यसो हुन नसकेको भन्दै केही सहभागिले चिन्ता जनाएका थिए। कार्यक्रममा मन्दिरको तर्फबाट उपस्थिति शून्य प्राय थियो।
गैरआवासीय नेपाली संघको राजनितिमा टेक्सासमा रहेको नेपाली समाज विभाजित रहदै आएको छ। तर पछिल्लो घटनाले टेक्सासमा नेपाली समुदायको सामाजिक काममा पनि विभाजन हुने त होइन भन्ने चिन्ता थपिएको छ।
समाजले सम्पूर्ण जात,जाति,भाषा,सम्प्रदाय, र धर्मलाई समेटेर छुटै कार्यक्रम गर्ने सभाहल र एन.एस.टि को कार्यलय रहने भवन निर्माणका लागि नेपाली मन्दिरको स्वमित्वमा रहेको जग्गा माग सहितको औपचारिक पत्रको प्रभाव कार्यक्रममा देखिएको कार्यक्रममा सहभागिले टिप्पणी गरेका थिए।