अछाममा पहिरो,गाँउनै बगायो,२१ जनाको निधन

काठमाडौं । शुक्रवार रातभरको अविरल बर्षा पछि आएको पहिरोमा पुरिएर २१ जनाले ज्यान गुमाएका छन्।
ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा यस्तो दुखदायी घटना भएको हो।
निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार मृत्यु भएका १७ जनाको सनाखत भएको छ। चार जनाको सनाखत हुन बाँकी छ।
मृत्यु हुनेमा कमलबजार नगरपालिका–८ ढुङ्गला बस्ने २६ वर्षीय गम्भीर दमाई, बस्ने २३ बर्षीय भाना दमाई, २१ वर्षीय डिग्रा दमाई, तीन वर्षीय कलु दमाई र चार वर्षीय कल्पना दमाई रहेका छन ।
यस्तै कमलबजार नगरपालिका–६ बस्ने ३० वर्षीय अमृता कामी, १७ वर्षीय सरिता कामी, २१ वर्षीय अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीय मैनकला कामी, १५ वर्षीय गिता कामी र १२ वर्षीय सिरु कामी रहेका छन् ।
तुर्माखाँद गाउँपालिका–५ बस्ने १७ वर्षीय जानकी शाही, १७ वर्षीय बिमला शाही, ४५ वर्षीय नेत्रबहादुर शाही, ३६ वर्षीय मनिषा शाही र ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नविन बुढा पनि रहेका छन् ।
तुर्माखाँद गाउँपालिकामा थप ४ जना वेपत्ता भएकाको शव फेला परेको छ । तर, उनीहरुको सनाखत हुन बाँकी छ ।
घाइते हुनेमा ढकारी गाउँपालिका–६ बस्ने ६२ वर्षीय हर्क वुढा, २१ वर्षीय चन्द्रा बुढा, १२ वर्षीय धर्म बुढा र कमलबजार नगरपालिका–६ बस्ने ८५ वर्षीय भक्त कामी र ४२ वर्षीय ईन्द्र सिह कामी छन्।
१२ वर्षीय कल्पना कामी, १२ वर्षीय ममता कामी, १० वर्षीय शुसिल कामी, २ वर्षीय सफलता कामी र ३८ वर्षीय डिक्रा कामी पनि घाइते भएका छन्।