संसद समापनमा हराएको हार्दिकता
काठमाडौं । प्रतिनिधिसभाको कार्यकालको अन्तिम दिन शनिबारको बैठकमा दलका शीर्ष नेता बीच पहिलेको कुण्ठा र चुनावी रस्साकस्सी एक्कै पटक देखियो । छुट्टिनुअघि धन्यवाद आदान प्रदान र हार्दिकता त देखिएन नै पाँच वर्षे कामको समीक्षा पनि नेताहरुको घोचपेच र तीतो टिप्पणीमै सकियो । एक अर्काविरुद्धको सवाल जवाफ र चुनौतीमा संवोधन नै टुङ्गियो।
सुरुवातमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामान्य रुपमा प्रस्तुत भए । त्यस पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले कुण्ठा पोखे भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झन् धम्की र घुर्की दुवै देखाउन भ्याए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते गठबन्धनलाई जनताले जवाफ दिने भनेपछि जवाफमा प्रचण्डले भने,
प्रतिनिधिसभा विघटन गर्नु कमजोरी भयो भन्ने स्वीकार गरेको होला भन्ने लागेको भएपनि ओलीले अझै अहंकार देखाएको भन्दै प्रचण्डले भने, ‘ठीकै छ, ४ गते हेर्ने । तपाईंले पनि हेर्नुहुन्छ, हामी पनि हेर्छौं । जनताको फैसला स्वीकार गर्ने नै हो ।’
प्रचण्डले मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा जनताको फैसला स्वीकार्न तयार रहेको कुरा बताएका छन् ।