एनआरएनए अमेरिकाको भवन खरिद आर्थिक समिति बिस्तार
पेन्सिलभेनिया,अमेरिका। गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाको भवन खरिदका लागि आर्थिक समितिको विस्तार गरिएको छ।
एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्तको संयोजकत्वमा गठित समितिलाई विस्तार गरिएको हो।
समितिमा एनसीसी अमेरिकाको कार्यसमितिका अध्यक्ष बुद्दि सुवेदी र महासचिव अञ्जन चौलागाई बाहेक सबैलाई समेटिएको छ। यस्तै सबै च्याप्टर सभापतिलाई पनि समितिमा राखिएको छ।
एनसीसी अमेरिकाले भर्जिनियामा (10520 Warwick Ave, Ste B6, Fairfax, VA 22030) कार्यलय प्रयोजनका लागि भवन (कन्डोमिनियम) गरिद गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ।
दुई लाख ८८ हजार डलर मूल्य पर्ने कन्डोमिनियम खरिद प्रक्रिया अक्टोबर ४ तारिक सम्म पुरा गरि सक्नु पर्ने एनआरएनए अमेरिकाको भनाई छ।
एनआरएनए अमेरिकाकले भवन खरिका लागि आवश्यक पर्ने रकम चन्दा मात्र संकलन गर्ने जनाएको छ। त्यसैका लागि समिति विस्तार गरिएको हो।
संस्थाको भवन खरिदमा सम्पूर्ण गैर आवासीय नेपालीहरूलाई सहभागी गराउने उद्देश्का साथ एनसीसीले आर्थिक समिति गठन गरेको छ।
यस आर्थिक समितिमा :
संयोजक :
वरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्त
सह-संयोजक :
उपाध्यक्ष सुमन थापा
उपाध्यक्ष गोपेन्द्र राज भट्टराई
उपाध्यक्ष डिलुराज पराजुली
उपाध्यक्ष विकास उप्रेती
महिला उपाध्यक्ष : दीक्षा बस्नेत
कोषाध्यक्ष: राजीव श्रेष्ठ
सदस्यहरुमा :
सचिव अनुप खनाल
महिला सचिव: सुनिता कँडेल
सह-कोषाध्यक्ष: अग्नि ढकाल
प्रवक्ता: तोया दाहाल
महिला संयोजक: सुन्दरी गुरुङ
युवा संयोजक :त्रिभुवन पाण्डे
कार्यसमिति सदस्यहरू:
विशाल राना, प्रकाश श्रेष्ठ, बाला घिमिरे, डोलनाथ घिमिरे, प्रभात राज सापकोटा, ज्ञानेन्द्र गुरुङ, सन्तोष पहारी, आशिष संग्रौला, शान्ती वाग्ले पौड्याल, विश्वराज बास्तोला, दुर्गेश जङ्ग कार्की, राज ढुङ्गाना
क्षत्रिय संयोजकहरू :
किरण बस्नेत, सम्बर बहादुर बुढाथोकी, श्रीराम थापा, बादल भुजेल
च्याप्टर अध्यक्षहरू :
एक देव शर्मा, आर सी पन्त, मुना तिवारी, विकास देवकोटा, दिलीप बानियाँ, ज्योति बराल, इन्द्रकान्त चौधरी, खिम खतिवोडा, केशवराज लोहनी, प्रेम तामाङ, राजु पाराजुली, तुलसी शिवाकोटी, विवेक झा, बासुदेव भट्ट, बिमल अधिकारी, बल राई, कमल ढुंगाना, सुरज तिवारी, गंगा आचार्य, आङ छिरिङ् शेर्पा, मोहन न्यौपाने, लक्ष्मण डरलामी सुरज कुमार बैठा, सन्तोषकाजी थापा, सोफिन थापा, सुबोध रेग्मी, टंक दाहाल र दिपक थापालाई राखिएको छ साथै सम्पूर्ण च्याप्टरहरु लाई गैर आवासीय नेपाली संघ, अमेरिकाको भवन खरिद गर्नको लागि आफ्नो राज्य स्तरमा आर्थिक समिति पनि गठन गर्न पाउने व्यवस्था पनि गरिएको छ।
आर्थिक समितिले भवन खरिदको लागि सम्पूर्ण गैर आवासीय नेपालीलाई गर्व गराउन सक्ने गरी यस अभियानमा संलग्न गराउने योजनासाथ अगाडी बढेको छ।
भवन खरिद प्रक्रिया सुरु भैसकेको र यसलाई अक्टोबर ४, २०२२ भित्रमा सम्पन्न गरिसक्नु पर्ने हुनाले यदि कसैलाई आर्थिक सहयोग गर्ने इच्छा भएमा सहयोग रकम तल उल्लेख गरिएको बैकमा जम्मा गर्न सकिनेछ।
Bank Name:- Wells Fargo
Routing Number:- 5623718383
Account Number:- 031100869
रकम जम्मा गर्नको लागि थप जानकारीको आवश्यकता परेमा कोषाध्यक्ष राजीव श्रेष्ठलाई 619-750-6404 मा वा आर्थिक संयोजक कृष्ण जीवी पन्तलाई 443-433-2073 मा सम्पर्क गर्न सक्नुहुनेछ। भवन खरिदको विषयमा थप जानकारी चाहिएमा अध्यक्ष बुद्धि सागर सुबेदीलाई 920-809-1210 मा सम्पर्क गर्न सक्नुहुनेछ।