ल्यानक्यास्टरमा ‘दशै-तिहार धमाका’ राजेशपायल राईका साथ

ल्यानक्यास्टर,पेन्सिलभेनिया। अमेरिकाको पेन्सिलभेनिया राज्यको ल्यानक्यास्टरबासीले यस पटकको दशै-तिहार चर्चित गायक राजेशपायल राईका साथ मनाउन पाउने भएका छन्।
युवा व्यवसायी प्रेम बराल सहित मनिष उप्रेति र शा गुरुङले यो अवसर जुटाएका हुन्। दशै र तिहारको बीचमा पारेर अक्टोबर १६ तारिक मेनहाइम स्थित जङ्सन रोडमा रहेको जङ्सन सेन्टरमा साँस्कृतिक कार्यक्रम हुने छ।
कार्यक्रम आयोजक बरालका अनुसार चर्चित गायक राजेशपायल राई कार्यक्रमका मुख्य आकर्षण हुने छन्। ‘दिउसो २ बजे देखि साँझ ८ बजे सम्म नै हाम्रो कार्यक्रम हुन्छ,’ समाज टाइम्स सँग बरालले भने, ‘दुई घण्टा राजेशापायलको एकल प्रस्तुति रहने छ, अरु समयमा अन्य कलाकार र स्थानीयको प्रस्तुति रहने छ।’
दशैं तिहार भब्य मनाउन गतवर्षहरुमा जस्तै यस पटक पनि आफुहरुले कार्यक्रम आयोजना गर्न लागेको बरालले बताए। ‘विदेशमा भए पनि चाडवाड त मनाउनै पर्यो नी, घर घरमा त छदैछ समुहमा पनि चाड मनाउने चलनलाई निरन्तरता दिन खोजिएको हो।’

यसैगरि अर्का आयोजक मनिष उप्रेतिले कार्यक्रममा चर्चित कलाकार सरिता लामिछानेको सहभागिताबारेमा छलफल भइरहेको बताए। ‘कुराकानी अन्तमि अन्तिम चरणमा पुगेको छ, सरितालाई पनि ल्याउने प्रयास छ।’
कार्यक्रम सात सय भन्दा बढी दर्शक अट्ने आधुनिक हलमा हुने छ। कार्यक्रमको सबै भन्दा आकर्षक पक्ष प्रवेस निशुल्क गरिएको छ। ‘खर्चको हामी आफै व्यवस्था गर्छौ, समुदायलाई चाडबाडमा रमाइलो गराउनु नै हाम्रो उदेश्य हो त्यस कारण प्रवेस शुल्क नराखिएको हो।’ बरालले भने, ‘गतवर्ष पनि हामीले निशुल्क नै गराएका हौ।’