अमेरिकाको समस्या आइसीसी सँग जोडिएको छैन, बेलायतमा कुल आचार्यले मिलाउन पर्छ : डा. बद्री के.सी. अध्यक्ष (भिडियो वार्ता)
पेन्सिलभेनिया,अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का अध्यक्ष डाक्टर बद्री के.सी.ले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिको समस्या आन्तरिक भएको बताएका छन्।
समाज टाइम्स – संवादमा सोमवार बोल्दै अध्यक्ष के.सी.ले अमेरिका भित्रको विवादलाई आइसीसी सँग जोड्न नहुने बताए। ‘अमेरिकाको समस्या आइसीसी सँग जोडिएको छैन, यो अमेरिका भित्रकै मात्र समस्या हो,’ के.सी.ले भने, ‘हामीले त्यहाँ कै पदाधिकारीलाई सल्टाउन भनेका हौ।’
अध्यक्ष के.सी. ले एउटा देशमा दुई वटा एनसीसी नहुने तर अमेरिकाको सवालमा अर्की अध्यक्ष रविना थापाको प्रतिवेदन पछि निर्णय गरिने बताए।
‘जब समस्या आयो हामीले अमेरिकामा रहेका पदाधिकारीहरु दुई जना महासचिव, कोषाध्यक्ष र सचिवहरुको एउटा टिम बनायौ त्यसको नेतृत्व रविनाले गर्नु भएको छ, समस्या समाधानको बाटो उहाँको रिपोर्ट हेरर गरिने छ।’
सदस्यता शुल्क तिर्ने सम्वन्धी कुमार पन्त अध्यक्ष हुदाँको एउटा पुरानो निर्णयलाई टेकेर क्षेत्रीय संयोजक प्रकास सापकोटाले बुद्दि सुवेदीको निर्वाचित कमिटि खारेज भएको भन्दै कृष्ण लामिछानेको अध्यक्षतामा नयाँ कमिटि गठन गरेका थिए।
त्यसो त सुवेदी सँग मिलापत्रको सहमति गरेको तीन सातामा नै लामिछाने आफ्नो निर्णयबाट पछाडि हटेका थिए। त्यस अगाडि लामिछानेकै टिमले उनलाई कार्वाही गर्दै सीपी पौडेललाई अध्यक्ष घोषित गरेको थियो।
यो प्रक्रियामा अप्रत्यक्ष रुपमा आइसीसीका अध्यक्ष डा. के.सी. समुहको उक्साहट रहेको आरोप लाग्दै आएको छ। समाज टाइम्स संवादमा डा.के.सीको अमेरिकाज क्षेत्रका आरसी सापकोटाको कदमलाई सोझै अवैधानिक भनीहाल्न नमिल्ने बाताए।
‘आइसीसीले पैसा नतिर्ने चार एनसीसीहरुलाई सम्वन्धन फिर्ता लिएको अवस्था हो, भ्याकुम भएको अवस्थामा आरसीले कमिटि गठन गर्नु भएको छ त्यो हिसावमा त्यो कमिटि अवैधानीक छ भनेर भन्न मिल्दैन तर आरसीले कमिटि गठन गर्नु भन्दा अगाडि कति धेरै साथिहरु सँग समन्वय गर्नु भयो भएन त्यो फरक कुरा छन्।’ अध्यक्ष के.सी. भने, ‘संस्थापन पक्ष र अर्को पक्षले पनि विधानको छिद्र प्रयोग गर्न खोजेको देखिन्छ,त्यो हो नै, यहाँ को सही छ र को गल्ति छ म व्यक्तिगत रुपमा जान चाहान्न ।’
उनले भने, ‘रविना थापा कमिटिको रिपोर्ट आए पछि हामी कस्ले के खालको सजाय भोग्नु पर्ने हो कसको गल्ति हो, को सही थियो भन्ने कुरा प्रकासित गर्छौ।’
अध्यक्ष के.सी.ले अमेरिका भित्रको विवाद मिलाउन संस्थापन पक्ष उदार हुनु पर्ने धारणा राखेका छन्। ‘जसरी अहिले केन्द्रको संस्थापन पक्षले असन्तुष्ट पक्षलाई मिलाउन चाहिरहेको छ अमेरिकामा पनि संस्थापन पक्षले ठूलो हृदय गरेर त्यहाँ नमिलेका साथिहरु असन्तुष्ट साथिहरुलाई मिलाउन सक्नु पर्छ त्यो संस्थापन पक्ष र नेतृत्वको जिम्मेवारी हो।’
डाक्टर के.सी.ले अमेरिका भित्र विवाद आउनुमा एनसीसी अमेरिकाका अध्यक्ष सुवेदी पनि भूमिका रहेको दावी गरेका छन्।
‘पोहोर साल आइसीसीको चुनाव हुन सकेन, चुनाव त्यतिकै हुन नसकेको होइन चुनाव हुन नदिनको लागि त्यो भन्दा ६ महिना अगाडि विभिन्न देशका साथिहरुले विभिन्न खालका भूमिका खेल्नु भयो।’ के.सी.ले भने, ‘त्यसमा एनसीसी अमेरिकाका विध्यमान अध्यक्षले अन्य देशका अध्यक्षहरुको समानन्तर भेला बोलाएर अवैधानिक भेला बोलाएर जुन कार्यक्रमहरु गर्नु भयो ।’
अर्को एक प्रसंगमा अध्यक्ष डा.के.सी.ले जुन देशमा समस्या छ त्यहीको नेतृत्वले समाधान गर्नु पर्नेमा जोड दिएका छन्।
‘जुन देशको व्यक्ति हो उसको पहुँच हुन्छ भनेर अमेरिका लागि रविना जी र युकेमा कुल जीलाई मिलाउनुस हामी मान्छौ भनेका छौ उहाँले मिलाउदै हुनुहुन्छ होला।’
‘रसियामा समस्या भएको भए र कुल जीले विवाद मिलाउन खोज्नु भएको भए मेरो चित्त दुख्थो कुल जीलाई पनि त्यस्तै हुन्छ भनेर उहाँलाई नै मिलाउन भनेका हौ हामीले सधाउछौ भनेकै छौ विधान अनुसार चल्नुस हामी सघाउछौ भनेर भनिरहेका छौ।’ के.सी.ले भने।
कार्यसमितिका बहुमत सदस्यको विरोध हुदाँ हुदै एनआरएनए बेलायतका अध्यक्ष प्रेमगहा मगरले साधरण सभा सम्पन्न गराएका थिए। जुन साधरण सभाको उद्घाटन एनआरएनए आइसीसीका पूर्व अध्यक्ष शेष घलेले गरेका थिए।
आइसीसीको पछिल्लो साधरण सभा पछि घलेले विनोद कुँवरको अध्यक्षतामा एनआरएनए आइसीसीको अर्को कमिटि गठन गराएका छन्। आइसीसीको संस्थापन पक्षलाई चुनौति दिदै आएका घलेले आफ्नै आगनमा ‘परेड’ खेल्दा अध्यक्ष कुल आचार्य र उपाध्यक्ष हेमराज शर्मा रमिते बनेका छन्।
समाज टाइम्स संवादको पूर्ण भिडियोका लागि यहाँ क्लिक गर्नु होला