अमेरिकामा प्रकाश सपुतलाई बानाको सम्मान
बाल्टिमोर । चर्चित गायक प्रकाश सपुत बाल्टीमोरमा सम्मानित भएका छन्।
बाल्टीमोर एसोसिएसन अफ नेप्लिज ईन अमेरिका(बाना) सहितका विभिन्न संस्थाहरुले सपुतलाई सम्मान गरेका हुन्।
सपूत झण्डै ६ हप्ताको सांगितिक प्रस्तुतीका लागि हाल अमेरिका भ्रमणमा छन्। नाम्लो ईभेन्टले आयोजना गरेको सांगितिक कार्यक्रममा प्रस्तुती दिन सपुत बाल्टीमोर आएका हुन ।
बानाको हलमा भएको सम्मान कार्यक्रम म्याग्दी समाज, बाग्लुङ्ग समाज, लमजुङ् समाज, सुदुरपश्चिम समाज र पाल्पालि संगम मेरिल्यान्डको संयुक्त आयोजनामा भएको हो।
कार्यक्रममा सपुतको कलाकारिता मार्फत नेपाली गित-संगित क्षेत्रमा पुर्याएको योगदानका बारे चर्चा गरिएको थियो।
सम्मानले आफ्नो जिम्मेबार अझ बढेको महसुस गरेको सपुतले बताए। उनले समाजको लागी गित संगित मार्फत अझ धेरै गर्न बाँकि रहेको धारणा राखे।
कार्यक्रममा बानाका अध्यक्ष सुबोध बिलास पन्त, बरिश्ठ उपाध्यक्ष लक्ष्मी भारती, बाग्लुङ समाजका महासचिव निर बहादुर थापा, पाल्पाली समाज मेरिल्यान्डका अध्यक्ष लक्ष्मण पौडेल लगायतले कलाकार प्रकाश सपुतलाई शुभकामना दिनु भएका थिए।
कार्यक्रम सञ्चालन बानाका महासचिव सागर घिमिरेले गरेका थिए।
सपुतका पीर, गलबन्धी च्यातियो, बोलमाया लगाएतका थुप्रै गीत चर्चित छन् ।