रकी माउन्टेन च्याम्पियनसिपमा आइएमए निहोन कराते न्यूयोर्कलाई दुई स्वर्ण
डेनभर । कोलोराडोमा सम्पन्न रकी माउन्टेन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा आइएमए निहोन कराते डो न्यूयोर्कका खेलाडीले दुई स्वार्ण सहित ६ वटा पदक जितेका छन्।
निहोन कराते डोको सञ्चालक नेपाली कराते प्रशिक्षक शान्ता थोकर हुन् ।
अप्रिल ३० देखि मे १ सम्म भएको च्याम्पिनसिपमा निहान कराते डोका मिनातो ओसिमा एक्लैले दुई पदक जिते ।
उनले कुमितेमा स्वर्ण र कातामा रजत पदक जितेका थिए। यस्तै युसेई ओसिमाले एकल कातामा स्वर्ण पदक जिते ।
अर्का प्रतिस्पर्धी मारी हम्मेलले महिला एकल कातामा काश्य पदक जितिन। यस्तै हाभिएर सिंबानाले कुमितेमा रजत तथा जोसेफ सिंबाना एकल काता कांस्य पदक जिते।
अन्तर्राष्ट्रिय मार्शल आर्ट एसोसिएशन कोलोराडोले आयोजना गरेको दुई दिने च्याम्पियनसिपमा पहिलो दिन रेफ्रि सेमिनार र दोश्रो दिन प्रतियोगिता भएको थियो।
फेयरव्यू हाई स्कूलको जिमहलमा भएको च्याम्पियनसिपमा तीन सय भन्दा बढी खेलाडीको सहभागिता थियो।
विश्व कराते महासंघको रेफ्री कमिटीका सचिव सिहान फ़रीबा मदानीको निर्देशनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय र विश्व कराते महासंघका ४० भन्दा बढ़ी रेफ्री-जज हरूको सहभागिता रहेको थियो।
च्याम्पियनसिपमा न्यूयोर्क डोजोका शिहान शान्त थोकर र मेंइ लिन हुईं ले रेफ्रिजजको भूमिका निर्वह गरेका थिए।