अमेरिका निवासी तेक्वान्दोकर्मी तथा नृत्य निर्देशक बिकास घले गुरुङलाई मातृशोक
ल्यानक्यास्टर । तेक्वान्दो प्रशिक्षक तथा नृत्य निर्देशक बिकास घले गुरुङलाई मातृशोक परेको छ।
भारतमा भएको एक सडक दुर्घटनामा विकासको आमा समुन्द्र गुरुङको निधन भएको हो। पारिवारिक भेटघाट तथा नियमित स्वास्थ जाँचका लागि नयाँदिल्ली पुगि घर फर्कने समयमा सो सडक दुर्घटना भएको हो।
गत बुधवार दिल्लीबाट दाङ स्थित घर फर्कदै गर्दा भारतमै गुरुङ परिवार सवार कारलाई ट्रकले ठक्कर दिएको जनाइएको छ।
घटनामा घाइते परिवारका अन्य सदस्यको अहिले उपाचार भइरहेको परिवारले जनाएको छ।
तेक्वान्दो प्रशिक्षक तथा बहुर्चित नृत्य निर्देशक, चलचित्र लेखक, सम्पादक बिकास पछिल्लो समय अमेरिकाको पेन्सिलभेनिया स्थित हरिशबर्गमा बस्दै आएका छन्।
उनी हरिशबर्गमा पनि खेलकुद र कलाक्षेत्रमा कार्यरत छन्। सामाजिक सेवामा समेत सक्रिय गुरुङ ईनास पल्सिलभेनिया राज्यका अध्यक्ष तथा गल्लोबल समिति अन्तर्गत चलचित्र प्रवर्दन समितिका सदस्य पनि हुन् ।
विकास लेखनमा पनि सक्रिय छन्। उनको “व्यक्तित्व बिकास र सफलता” नामक पुस्तक प्रकाशित भइसकेको छ। “नृत्य निर्देशन र सिद्दान्त“ नामक पुस्तक प्रकाशनको तयारीमा रहेको जनाइएको छ।
तेक्वान्डोमा पाँचौ डान बिकास अन्तर्राष्ट्रिय मास्टर पनि हुन । उनी मे १३-१४ मा अमेरिकाको मिचिगनमा हुनगईरहेको १३ औं अन्तर्राष्ट्रिय आई.ओ.एफ.टीसी खुला मैत्रिपूर्ण तेक्वान्डो प्रतियोगितामा रेफ्रिका लागि समेत छनौट भएका थिए।
हाल दाङ पुगिसकेका बिकास १३ दिन शोकमा रहने छन्।