नेपाली समाज टेक्सासद्वारा “वित्तिय साक्षरताबारे अन्तरक्रिया”
टेक्सास । नेपाली समाज टेक्सासले शनिवार वित्तिय साक्षरताबारे सचेतना अभिबृद्दि सम्वन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।
समाज अन्तर्गत आर्थिक कार्यसमितिले आयोजना गरेको कार्यक्रममा क्षेत्रगत विज्ञहरुले अनुभव सुनाएका थिए । उनीहरुले नेपाली समुदायको आर्थिक उन्नतीका लागि केही टिप्सहरु पनि दिएका थिए।
कार्यक्रममा अमेरिकामा आर्थिक रुपमा कसरी सवल हुने भन्नेमा चर्चा गरिएको थियो । यस्तै शुलभ कर्जा,पुँजी सेयर लगानी,करका विविध पाटोबारे जानकारी दिइएको थियो ।
समाजका फाईनान्सियल टाक्सफोर्सका संयोजक सरोज सिग्देलले कमाउने, बचत गर्ने र त्यसलाई पुन लगानी गर्दा मात्र आर्थिक सम्वृद्धि मिल्ने धारणा राखेका थिए।
यस्तै रन्जन राना क्षेत्रीले शुलभ कर्जामा अधिकतम फाइदा कसरी लिन सकिन्न भन्ने बारेमा प्रष्टाएका थिए। एरोन क्षेत्रीले कसरी ट्याक्स कम तिर्ने, रियल स्टेटमा लगानी गर्दा कसरी ट्याक्स सेभिङ गर्न सकिन्छ, लामो समय र छोटो समयमा कति प्रतिशत कर लाग्न सक्छ भन्ने बारेमा बताएका थिए।
उनी नेपालमा हुदाँ कुमारी बैंक,एन आइ सि एशिया , नागरिक लगानी कोषमा लामो समय काम गरेको अनुवभी हुन्। अमेरिकामा उनी ट्याक्स सम्वन्धि विज्ञको रुपमा चिनिदै आएका छन्।
यसै गरि ओजेस उप्रेतीले सेयर बजारमा लगानी गर्दा कसरी गर्ने, के के कुरामा ध्यानदिने भन्नेमा धारणा खारेका थिए। उनले ९५ प्रतिशत नेपालीले टिकटक र युटुब हेरेर लगानी गर्छन अनि घाटामा जान्छन भन्दै व्यंग्य गरेका थिए । उनले अध्ययन नगरि सेयरबजारमा लगानी गर्दा घाटामा जाने बताउदै विश्व बुझ्न पनि सुझाव दिए।
कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले नेपाली समाजले अप्ठ्यारो परिस्थितिलाई मध्यनगर गर्दै प्रत्यक्ष लाभान्वित हुने कुरामा कुनै कसर बाँकी नराखिने बताए।
समाजका महासचिव सन्देश उप्रेती, उपाध्यक्ष जनक भण्डारी , कोषाध्यक्ष दिनेश न्यौपाने, सचिब हरि खनालको पनि कार्यक्रममा उपस्थिति थियो ।
कार्यक्रममा समाजले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरुलाई सिल्ड तथा प्रमाणपत्र बितरण गरिएको थियो ।
टेक्सासमा रहेको नेपाली संघ संस्थामा सबै भन्दा सक्रिय नेपाली समाज टेक्सासले समय समयमा समुदायमा चेतना जगाउने कार्यक्रम पनि आयोजना गर्ने गर्दछ। समाजले स्वास्थ, खेलकुद , रोजगारी,लगानिका साथै शिक्षामा पनि काम गर्दै आएको छ।