कनेक्टिकटमा नेपाल डे (फोटो फिचर)
कनेक्टिकट । नेपाली समाज कनेक्टिकट (नेकोनको) संयोजनमा आइतवार नेपाल डे परेड सम्पन्न भएको छ।
नेपाली कला संस्कृतिको प्रचार गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो। नेपाल डे परेडमा स्थानीय सबै नेपाली संघसंस्था सहआयोजक थिए।
“नेपाली भाषा,संस्कृति,कला तथा भेषभुषाको प्रवर्द्धन गरौ, नेपाल र नेपालीको गौरव बढाऔ” भन्ने नाराका वेष्ट हाडफर्ड टाउन हलमा भएको कार्यक्रम भएको थियो।
कार्यक्रममा नेकोनको निमन्त्रणामा अमेरिकाको न्यूयोर्क स्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत बिष्णु प्रसाद गौतम, वेस्ट हार्टफोर्ड टाउन मेयर शारी जी क्यान्टर, राज्य प्रतिनिधि केट फरार र आरटीएम ब्रानफोर्ड राम चन्द्र श्रेष्ठ लगायतको विशेष उपस्थिति थियो ।