पोखरा महानगरको मेयरको टिकट पाएका पौडेलले सुन चोरेको भिडियो सार्वजनिक भएपछि तरंग
पोखरा ।नेकपा एमालेले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको भिडियो सार्वजनिक भएपछि तरङ्ग फैलिएको छ ।
उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसीटीभि फुटेज भाइरल भएको छ । त्यसपछि एमालेकै कार्यकर्ताहरूले समेत उनको विरोध गरेका छन् ।
केही वर्षअघि पोखराको एउटा पसलबाट उनले सुनको औंठी निकालेको र थाहा पाएपछि पार्टीले घटना मिलाएको बताइन्छ । अहिले चुनावमा टिकट पाएपछि पौडेलको उक्त भिडियो भाइरल बनाइएको छ ।
एमालेको केन्द्रीय सचिवालय बैठकले मेयरमा पौडेललाई टिकट दिएसँगै पुरानो भिडियो अहिले निकालिएको हो ।
उनको सामाजिक सन्जालमा भिडियोसहित आलोचना भइरहेको छ ।
सुन चोरेको भिडियो बाहिरिएपछि पौडेलले भने- मेरो चरित्र हत्या गरियो
पौडेलको उक्त गतिविधिको भिडियोसहितको विरोध एमालेकै नेता कार्यकर्ताले समेत गरेका छन् । उनीहरूले पार्टीबाट यसको स्पष्टीकरण खोजेका छन् भने उम्मेद्वार फेर्नसमेत दबाब दिएका छन् ।
तर, मेयरका उम्मेद्वार पौडेलले आफ्नो चरित्र हत्या गर्नका लागि भिडियो बाहिर ल्याएको प्रतिक्रिया दिएका छन् । ‘यो भएकै थिएन । मेरो चरित्र हत्या गर्न भ्रामक कुरा बाहिर ल्याइयो,’ उनले न्युज कारखानासँग भने, ‘यस्ता कुराको म खण्डनसमेत गर्दिनँ । गर्नपरे पार्टीले गर्छ । साथीहरू लागिरहनु भएको छ ।’
उनले त्यस्तो घटना कहिलै नभएको दाबी गरेका छन् ।