न्युयोर्कमा हुने नेपाल डे परेडबाट फिप्ना बाहिरियो
न्युयोर्क । अमेरिकाको न्युयोर्क शहरमा यस पटक आयोजना हुने भनिएको नेपाल डे परेडको आयोजक संस्थाबाट नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना बाहिरिएको छ।
फिप्नाका अध्यक्ष राजकुमार विष्टले शुक्रवार विज्ञप्ति प्रकासित गर्दै नेपाल डे परेड न्युयोर्कमा आफुहरु आयोजक नहुने प्रस्टाएका छन्।
उनले “आयोजक गैर आवासिय नेपाली संघ अमेरिका एनआरएनए न्युयोर्क च्याप्टरलाई हार्दिक बधाई तथा कार्यक्रम सफलताको शुभकामना व्यक्त गदर्छु।” भनेका छन्।
फिप्ना र एनआरएनए न्युयोर्क च्याप्टरको संयुक्त आयोजनामा नेपाल डे परेड गरिने भन्दै यस अगाडि त्रिपक्षिय सम्झौता भएको थियो। न्युयोर्कमा हुदै आएको नेपाल डे परेड प्रायस विवादमा पर्दै आएको छ।
कोभिड महामारी शुरु हुनु अगाडि न्युयोर्कको नेपाल डे परेडको स्वामित्व नेपाल डे परेड ईन्क सँग थियो। अघिल्लो महिना मात्र एनआरएनए न्युयोर्क च्याप्टर र फिप्नाले यसको स्वामित्व दिएको भन्दै ईन्कसँग सम्झौता भएको बताएका थिए।
“त्रिपक्षीय सम्झौताका बुँदाहरु अत्यन्त सद्भावका साथ अथक प्रयास रहँदा रहँदै पनि प्राविधिक कठिनाईका बावजूत प्रक्रियाहरु तत्कालै कार्यन्वयन लागि कार्यहरु पूरा हुन नसकिएको ” विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
“नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना , न्युयोर्क नेपाली समुदायले रुचाँएको र न्युयोर्कमा आयोजना हुन सक्ने सबै भन्दा बृहत र ठुलो कार्यक्रम नेपाल डे परेड २०२२ न्युयोर्कको आयोजकको रुपमा रहन नसकिएकोमा यहाँहरुमा पर्न गएको अन्यौलता र असुविधा प्रति क्षमायाचना सहित यो जानकारी गराउन चाहाँन्छु।” विष्टले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
तर कस्तो प्राविधक समस्या हो भन्ने उनले खुलाएका छैनन् ।
यो पनि हेर्नुहोस
न्यूयोर्कको नेपाल डे परेड एनआरएनए र फिप्नाले संयुक्तरुपमा गर्ने