कनेक्टिकटमा नेपाल डे परेड अप्रिल २४ तारिक आइतवार
कनेक्टिकट । नेपाली समाज कनेक्टिकट (नेकोनको) संयोजनमा नेपाल डे परेड अप्रिल २४ तारिक आइतवार हुने भएको छ।
नेकोनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रधु गिरीका अनुसार नेपाल र नेपाली कला संस्कृतिको प्रचार गर्ने उदेश्यले आयोजना हुने नेपाल डे परेडमा स्थानीय सबै नेपाली संघसंस्था सहआयोजक छन् ।
वेष्ट हाडफर्ड टाउन हलमा बिहान नौ देखि ११ बजे सम्म हुने परेडमा नेपाली भेषभुषा र सांस्कृतिक कार्यक्रम हुने छन् ।
“नेपाली भाषा,संस्कृति,कला तथा भेषभुषाको प्रवर्द्धन गरौ, नेपाल र नेपालीको गौरव बढाऔ” भन्ने नाराका साथ हुने नेपाल डे परेडमा नेपाली पोषाक, झण्डा र बाजागाजा सहित उपस्थित हुन आयोजकले अनुरोध गरेको छ।