नेपाली रगतमा मोहन ज्ञावालीको अनुहार :”डालसलाई थाक्ने सुविधा छैन”
दिलिप साउद (1957-1959) ले डेमोक्रयाटिक पार्टीको तर्फबाट क्यालिफोर्नियबाट हाउस अफ रेप्रिजेन्टेटिभ भएर काम गर्ने सायद पहिलो दक्षिण एसियन हुनुपर्छ ।
त्यसपछि दक्षिण एसियन डाइलेक्ट बोल्ने ब्राउन कलर भनेर चिनिने हामी र हाम्रो समुदाम साठ्ठि वर्षको दौरानमा राजनीतिक पहुँचमा कहाँ छ? आर्थिक रुपमा सम्पन्न भएपनि राजनीतिक प्रतिनिधित्व विहिन त्यो प्रगति स्वदिलो हुदैन ।
भूगोललाई अपनत्व नगरे सम्म त्यो व्यक्ति वा समुदायले त्यो भूगोलमा राजनीति गर्ने सक्दैन । राजनीति भनेको भूगोल सँगको माया र सामिपित्यता हो । अमेरिकी भूगोललाई आर्थिक आर्जन मात्र गर्ने भूगोलका रुपमा लिएर पनि अपनत्व विकास नभएको हुन सक्छ ।
हामी आज नेपाल बाहिर दशकौं बसेपनि नेपाल भूगोल प्रति माया र सामिपित्यता छ त्यसैले हामि त्यो भूगोलमा भएका प्रत्येक घटना सँग जोडिन्छौ किनकि हामिलाई त्यो भूगोलको माया छ र अपनत्व छ ।
बसाईसराई र राजनीति बिच मित्रता हुदैन। मानौ म एउटा अफ्रिकन मुलुकमा बसाई सरेर गए, म कानुनि रुपमा राज्य संञ्चालनमा भाग लिन सक्छु तर म त्यो भूगोलमा राजनिति गर्न सक्दिन । राजनीति समस्याहरुको समधान हो । राजनीति समाज व्यवस्थापन हो । राजनीति आफु बसेको भूगोल र समाजको लागि देखिने सपना हो । राजनीति दृष्टिकोण हो । राजनीति समाज सेवाको दर्शन हो ।
तसर्थ राजनीति गर्ने आफु बसेको समाज, भूगोल, समुदाय प्रति देखिएको शु-स्पष्ट दार्शनीक सपना हो जसले त्यो भूगोल र समाजका समस्या समधान गर्ने सकोस। त्यसको लागि सर्वप्रथम त राजनीति गर्ने पात्रले त्यो समाज बुझेको हुनुपर्छ, भूगोलका समस्या केलाएको हुनुपर्छ, स्पष्ट मुद्दा हुनुपर्छ।
मुलतः त्यो ठाउँमा जे भएपनि मन दुख्नु पर्छ । त्यसको अलवा आजको विश्व मुलतः सयुक्त राज्य अमेरिका वार्गिय राज्य हो । त्यसमा आफ्ना वर्गका समस्या र प्रतिनिधित्वको राजनीति पनि हुनसक्छ । त्यो राजनीति,राजनीतिक दर्शन भन्दा भावनात्मक र बर्गिय खालको हुन्छ । भावनाको राजनीति दाशर्निक राजनीति भन्दा फरक छ । एक प्रकारले यो दर्शन भन्दा माथि हुन्छ । हो अहिले मोहन ज्ञवालिले गर्ने सिटि काउन्सिलको राजनीति त्यही भावानात्मक राजनीति हो ।
भावानात्मक राजनीतिले पुरै देशलाई कहिल्यै नेतुत्व गर्ने सक्दैन । त्याहाँ दर्शन,सिद्धान्त वा भनौ समाज परिर्वतनका राजनैतिक मुद्दा हुदैन । वाराक ओवामाले राष्ट्रपतिको चुनाव लड्दै गर्दा स्वास्थ्य विमा एउटा राजनैतिक मुद्दा थियो । त्यसमा सम्पुर्ण देश बोलेको थियो । पक्ष र विपक्ष भएर वहस चलेको थियो ।
डोनाल ट्रमको राष्ट्रियताको मुद्दा एउटा राजनैतिक मुद्दा थियो । तर भावानात्मक मुद्दामा न पक्ष हुन्छ न विपक्ष, न तर्क हुन्छ न वहस । यो सिधा भावानालाई प्रतिनिधित्व गर्ने खालको राजनीति हुन्छ ।
प्रतिनिधित्वको राजनीतिले शैद्वान्तिक राजनीतिलाई जन्म दिन सक्नु पर्छ । भावानात्मक राजनीतिको आयू लामो हुदैन तर सिद्धान्तको राजनीति अमर हुन्छ । लाग्छ, दिलिप साउदको राजनीति पनि भावानात्मक राजनीति भन्दा माथि उक्लन सकेन । हो त्यहि गरि हामी नेपाली समुदायको अमेरिकि राजनीति दर्शन रौनियार देखि ह्यारी भण्डारी, दिनेश शर्मा,टिका पौडेल हुदै मोहन ज्ञावाली सम्म आईपुग्दा सबै भावानात्मक राजनीति नै हुन । यी सम्पुर्ण प्रयासले दर्शनको राजनीतिलाई जन्मदियो भने इतिहास निर्माणको जगबस्छ ।
विश्वमा सबै मानिसको रगत रङ्गमा रातो हुन्छ तर विशेषतामा फरक हुन्छ । भूगोल,हावापनि,खानपान यी विविध कारणले भिन्न-भिन्न विशेषताको रगत निर्माण हुन्छ । त्यही भएर एउटा भूगोलमा जन्मिएको मान्छे त्यस भूगोलको हावापानि, खानपिन,रितिरिवाज,चाल चलनले एक भिन्न प्रकारको विशेषताको निर्माण गर्छ र समान विशेषता भएको रगतको निर्माण हुन्छ ।
त्यही भएर नेपाली हेर्दा झण्डै झण्डै एउटै देखिन्छ, त्यस्तै भारतीयहरु,पाकिस्तानीहरु,अमेरिकनहरु,युरोपियनहरु वा रसियनहरु ।
छालाको रङ्ग एउटै भएपनि देश विशेष मानिस लुक्स एउटै हुन्छ । त्यो वर्ग निर्माणको एउटा प्रक्रिया हो । वर्गसँग भावाना जोडिएको हुन्छ । हामी सम्पूर्ण नेपाली जो नेपाल देश बाट बसाई सरेर याहाँ छौं, हामी सम्पुर्ण नेपाली र मोहन ज्ञावालीको रगतमा एउटै विशेषताको रगत छ । त्यो भावानाको रगत हो ।
मोहन ज्ञावाली को अनुहार हाम्रो जस्तै छ (लुक्स लाइक अस) । त्यो भनेको मोहन ज्ञावालीको अनुहारमा हाम्रो विशेषताको रगत छ । यसले भावानाको निर्माण गर्छ र अपनत्व वोध गराउँछ ।
भावाना सम्पूर्ण दर्शन भन्दा फरक र उच्च हुनुपर्छ । त्यहि भएर भावानाको राजनीतिमा जोडिएर,दर्शनको राजनीतिक यात्राको लागि हामी मार्ग निर्माणमा लाग्नु छ । यो एक प्रकारको प्रतिनिधित्वको राजनीति हो ।
तपाई जस्तै देखिने राजनीतिक पदमा जानु भनेको तपाई त्याहाँ जानु हो । जुन विषय राजनीति भन्दा बाहेकबाट सम्भव छैन । तसर्थ यो बेला भावानात्मक राजनीतिमा जोडिनु, आर्थिक,भौतिक,बौदिक, वा कुनै रुपले भन्दा अरु विकल्प हामी सँग छैन ।
प्रतिनिधित्वको हिसाबले धेरै नेपाली भएको डालस-फोर्थवर्थ ले अब इतिहास निर्माणको जग नबसाले सम्म थाम्ने सुविधा पाउँदैन तर देश र माटो प्रति अपनत्व गर्नुपर्छ। त्यो यात्राको लागि सम्पुर्ण देशलाई प्रतिनिधित्व गर्ने सक्ने राजनैतिक सिद्धान्त र दर्शनमा आधारित परिर्वतनको मुद्दा सहित राष्ट्रिय राजनीतिको नेतृत्व सम्मको हुनेछ । समय जति पछि भए पनि ती सम्भव सपनाको आधार डालसका मोहन ज्ञावालीका पाइला गर्बिलो जग सावित हुनेछ ।
पुण्य पाण्डे
डालस, टेक्सास