आफ्ना गुटका लाई मात्र राखेर समिति बनाउनु निकै दुर्भाग्य पुर्ण हो : बिष्णु सुवेदी
पार्टी भित्र को चुनाव मा अन्तर संघर्ष हुन्छ हुनु स्वाभाविक पनि हो तर त्यसको प्रभाव बाहिर देखिनु हुदैन ।
स्थानीय तहको निर्वाचन का लागी पार्टीले कुनै पनि समिति बनाउदा सोच बिचार र सबै पक्षलाई व्यापक रूपमा समेटेर सम्पूर्ण जनपरिचालन को लागी विभिन्न समिति बनाईं जाने प्रक्रिया बाट पार्टीका उमेदवारहरूलाई सहज रूपमा बिजय गराऊन सजिलो हुन्छ ।
तर स्थानीय निकायको चुनाबको प्रचार प्रसारको जिम्मा पाएका प्रचार प्रसार संयोजक डा प्रकाश शरण महत द्वारा उप समितिमा मनोनीत व्यक्ति हेर्दा आम सदस्यको भावना विपरीत उपसमिति बनाईएको देखिएको छ ।
नेपाली जनसम्पर्क समिति अमेरिकको तीन वर्षका लागी पाएको ज़िम्मेवारी पुरा गर्न नसक्ने, एउटा प्रजातांत्रिक सगठनको आठ आठ वर्ष सम्म अधिवेशन गराउन नसक्ने सगठनलाई मृत प्राय वनाएका र भुकम्प को बेला लगायत विभिन्न समयमा बिदेशमा चरम आर्थिक विवादमा फसेका व्यक्ति लाई नेपाली कांग्रेसको प्रवासमा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्दै चुनाब प्रचार समितिको ज़िम्मा दिनु भनेको नेपाली कांग्रेसको साख गिराउनु भन्दा अरू के हुन्छ ?
नेपाली कांग्रेसलाई सहयोग पुग्ने हेतुले समिति बनाउनु राम्रो हो यसलाई स्वागत नै गर्नु पर्छ तर यस्ता समितिहरूमा आफ्ना गुटका लाई मात्र राखेर समिति बनाउनु निकै दुर्भाग्य पुर्ण हो ।
अहिले यो पार्टी को आंतरिक चुनाब होईन आम नेपाली को मन जितेर अघी बढ़ने बेला आपना गुटगत मान्छे मात्रको मनोनयन ले पाटीलाई अहित मात्रै गर्दैन कि विदेशमा रहेका हजारौ नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरू र तिनका नेपालमा रहेका लाखौ परिवारहरूको मनोवल समेत गिराउदछ ।
नेपाली कांग्रेस लाई आम नेपालीको पार्टी बनाऊँन सबको साथ हातमा हात हुनु ज़रुरी छ । पार्टीको आंतरिक चुनाव को ईख र ईगो साधी आफ़नो विरोध गर्ने लाई पाखा राखी गुटलाई मात्र जय जयकार गर्ने भक्तहरूलाई राखेर बनाईएको समितिले गुटलाई फ़ायदा होला तर पार्टी लाई केहि फाईदा दिन सक्दैन ।
समग्र स्थानीय चुनावको प्रचार प्रसार गर्ने जिम्मेवारी पाएका पार्टी प्रवक्ता ले एकलौटी रूपमा आफ्नो गुटका मान्छे मात्र राखी वनाईएको समिति अन्नत पार्टीका लागी हितकर नहुने प्रष्ट छ।
तथापि यस्ता कार्य बाट कती पनि हतोत्साहित नभई स्थानिय निर्वाचनमा नेपाली कांग्रेसका उमेदवारहरूलाई जिताउन उत्साह, उमंगका र तन मन धनका साथ सबै साथिहरूलाई आ आफ्नो ठाँउ र क्षेत्रमा नेपालमा रहेका आफ्ना परिवारका सदस्यहरु लाई समेत जागरूक बनाई व्यापक प्रचार प्रसार गर्नु हुन समेत बिनम्र अनुरोध गर्दछु ।
जय नेपाल।
(सुवेदी नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक हुन्)