अमेरिकी संसदले पारित गर्यो दशै विधेयक, अब बडा दशैले अमेरिकामा पायो सांस्कृतिक चाडको मान्यता
अमेरिका । अमेरिकाको एक राज्य संसदले दशैलाई सांस्कृतिक चाडको मान्यता दिएको छ । मेरिल्याण्ड राज्यको शुक्रवारको हाउस अफ एसेम्बेलीमा दशै विधेयक अत्याधिक बहुमतले पारित भएको हो ।
‘हामीले इतिहास बनायौं, बधाई हामी सबैलाई !’ नेपाली मुलका एक मात्र अमेरिकी सांसद डाक्टर ह्यारी भण्डारीले विधेयक पारित पछि लेखेका छन् ।
भण्डारीले नै दशै विधेयक संसदमा लगेका हुन् । ‘आज शुक्रबार मार्च १८, २०२२ । अन्तत : हामीले अमेरिकामा नेपाल र नेपालीको पक्षमा एउटा इतिहास बनाएका छौं।’
भण्डारीका अनुसार दुबै पार्टी डेमोक्रेटिक र रिपब्लिकन पार्टीको समर्थनमा बाइ-पार्टिसन विधेयकको ओपमा पारित विधेयकको पक्षमा १२३ र विपक्षमा ५ मत परेको हो ।
‘विधेयक पारित हुनु भनेको दशैले नेपालमा उत्पति भएको असत्यमाथि सत्यको विजय भएको खुशीमा मनाइने एक सांस्कृतिक चाडका रूपमा मान्यता पाउँनु हो।’ भण्डारीले लेखेका छन्, ‘यस विधेयकमा हरेक वर्ष अक्टोबर ५ मा दशैं डे मनाइने भनिएको छ। यो एउटा एउटा कठिन र लामो संघर्षबाट प्राप्त सफलता हो। यसका लागि हामी सबै धन्यवादका पात्र छौं ।’