एनआरएनएमा मैले यस कारण दिइन उमेदवारी : राजन त्रिपाठी, क्षेत्रिय संयोजक, अमेरिका
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले सहमति र सहकार्यका लागि आफूले आसन्न निर्वाचनमा उमेदवारी नदिएको बताएका छन् ।
झण्डै एक बर्ष देखि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को कोषाध्यक्षमा उमेदवारी घोषणा गरेका त्रिपाठीले आफु कुनै गुट र समुह भन्दा पनि साझा एनआरएनएको पक्षमा रहेको बताउदै आएका थिए ।
सोमवार विज्ञप्ति जारी गर्दै त्रिपाठीले ‘इगो र प्रतिशोधको भावनाले एनआरएनए बिभाजनको अबस्थामा आइपुग्नु दुखद पक्ष हो ।’ भनेका छन् ।
‘संस्था बिभाजित अवस्थामा उमेदार बन्नु र जित्नुको अर्थ रहन्न् । यसर्थ मैले आफ्नो उमेदवारी नदिएको जानकारी गराउँदै फुटको यो अवस्थामा आफू कुनैपनि पद र समुहमा नरहने समेत स्पष्ट पार्न चाहन्छु ।’ त्रिपाठीले विज्ञप्तिमा भनेका छन् ।
विज्ञप्तिको पूर्ण पाठ
सहमति, सहकार्य नै एक मात्र उपाय ।
उम्मेदवारी नदिएको जानकारी सहित संस्थाको हितमा लाग्न सबैमा अनुरोध !
प्रवासमा रहेका सबै विचार, वर्ग र समुदायको प्रतिनिधित्व गर्ने एक मात्र साझा सँस्था “एनआरएन” इगो र प्रतिशोधको भावले बिभाजित अबस्था आइपुग्नु ज्यादैनै दुखद पक्ष हो । आबेगमा निर्णय गर्दा क्षणिक आत्मसन्तुष्टि त मिल्ला तर संस्थालाई र्दीघकालिन क्षति पुग्नेछ ।
संस्था बिभाजित अवस्थामा उमेदार बन्नु र जित्नुको अर्थ रहन्न् । यसर्थ मैले आफ्नो उमेदवारी नदिएको जानकारी गराउँदै फुटको यो अवस्थामा आफू कुनैपनि पद र समुहमा नरहने समेत स्पष्ट पार्न चाहन्छु ।
हाम्रो प्रिय संस्था “एनआरएन” लाई फुटबाट जोगाई एकाताबद्द राख्न, पद र व्यक्तिगत आकाँक्षा भन्दा माथी उठेर संस्थापक, अग्रज तथा सम्पूर्ण जिम्मेवार नेतृत्वले भूमिका निभाउनेछ भन्ने अपेक्षा सहित सबै पक्षसंग हार्दिक अपिल समेत गर्दछु ।
प्रवासमा बस्दै गर्दा राजनैतिक, क्षेत्रिय र जातीय रुपमा संगठित हुने हाम्रा आ-आफ्ना संगठन छन्, यसर्थ गैरआवासीय नेपाली संघलाई सबैको साझा बनाउन ध्यान केन्द्रित गरौं ।
बिभाजन र टुटफुटले सँस्थाको कहिल्यै हित हुँदैन् । सहमति, सहकार्य र सह अस्तित्व आजको आबस्यकता !
जय एनआरएन, जय नेपाल !
राजन त्रिपाठी
क्षेत्रिय संयोजक, अमेरिकाज