हलिउड तेक्वान्दो स्कूलको स्थापना दिवस
अमेरिका । पोर्टल्यान्डमा रहेको हलिउड तेक्वान्दो स्कुलको २७ औँ स्थापना दिवस आइतवार विविध कार्यक्रम गरी नेपाली शैलीमा मनाइएको छ ।
हलिउड तेक्वान्दो स्कुलले वर्षका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई ट्रफी वितरण गर्नुअघि खादा ओढाएर सम्मान गरेको थियो ।
हलिउड तेक्वान्दो स्कुल नेपालका पूर्व राष्ट्रिय तेक्वान्दो प्रशिक्षक तथा ग्रान्डमास्टर दिवाकर ‘डान’ महर्जनले स्थापना गरेको तेक्वान्दो स्कुल हो ।
ग्रान्डमास्टर महर्जनले सन् १९९५ मा युएस वल्र्ड क्लास तेक्वान्दो, हलिउड स्कुल स्थापना गरेका हुन् ।
उनले यस स्कुलमा चार नेपालीसहित २५० भन्दा बढी तेक्वान्दो प्रशिक्षार्थी नियमित प्रशिक्षणमा रहेको जानकारी दिए । हलिउड तेक्वान्दो स्कुलले अमेरिकामा नेपालको परिचय दिने कामसमेत गर्दै आएको छ ।