गृहजिल्ला पुगेर ओलीको भविश्यवाणी : ‘प्रचण्डको चिनामा नै सकिने लेखेको छ’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र केही दिनमा सकिने दावी गरेका छन् ।
शनिवार गृहजिल्ला झापा पुगेर ओलीले त्यस्तो दावी गरेका हुन् । पूर्व सहकर्मी माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड प्रति आक्रोसित भएका ओलीले प्रचण्डप्रति कटाक्ष गर्दै भने, ‘ प्रचण्डले चिनामै सिद्धिने ग्रह बोकेर ल्याएका छन ।’
प्रेस चौतारी प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्ने क्रममा ओलीले माओवादी पहिले नै सकिने भएको पनि आफूले पम्प हालेर केही बर्ष जोगाइदिएको दावी गरे । ‘२०५६ सालमा नै माओवादी सकिन्छ भनेको थिए अब त्यो दिन आयो ।’
ओलीले भने ‘मैले पम्प लगाइदिएर अलि हावा भरिदिएकाले अहिलेसम्म माओवादी केन्द्र टिकेको हो, अब पम्प हाल्न छोडेपछि त विस्तारै बेलुन सुक्दै जाँदैछ।’
ओलीले नेकपा एकीकृत समाजवादी पार्टी नै नबनेको दोहोर्याए ।