अमेरिकामा संगठन विस्तारमा प्रवासी मञ्च आक्रमक, एक दिनमा थप तीन राज्य कमिटी गठन
अमेरिका । प्रवासी नेपाली मञ्च अमेरिकाले शनिवार एकै दिन तीन राज्य कमिटी गठन गरेको छ । प्रवासी मञ्च नेकपा एमाले निकट विदेशमा बस्ने नेपालीहरुको शुवेच्छुक संस्था हो । मञ्च अमेरिका राष्ट्रिय कमिटीको तेस्रो अधिवेशनको तयारीमा छ ।
मञ्चको न्यूयोर्क राज्य कमिटीको नेतृत्व अधिवेशन मार्फत चयन भएको हो । वाल्टिमोर र भर्जिनियमा भने आयोजक कमिटी गठन भएका हुन् ।
न्यूयोर्कमा सम्पन्न अधिवेशनले सूर्य लिग्देनको अध्यक्षतामा ११ सदस्यी राज्य कमिटीको निर्विरोध निर्वाचित गरेको हो । उपाध्यक्षमा गोपि ढुंगाना र ईश्वरी मास्के तथा सचिवमा बलभद्र खडायत चयन भएका छन् ।
निर्वाचित कमिटीलाई कार्यक्रमका प्रमख अतिथि मञ्चका अन्तर्राष्ट्रिय कमिटीका सल्लाहाकार प्रमुख सन्जय थापाले पद तथा गोपनियताको सपथ गराएका थिए ।
अधिवेशनमा अन्तर्राष्ट्रिय महिला विभाग प्रभुख कुन्ति थापा, राष्ट्रिय कमिटी अमेरिकका सचिव कृष्ण लामिछाने, अमेरिका सचिवालय सदस्यहरु मंगलदास श्रेष्ठ, कृष्ण आचार्य र राष्ट्रिय कमिटी सल्लाहाकार भिम पन्त अतिथीको रुपमा सगभागि थिए ।
अधिवेशनको उद्धघाटन गर्दै थापाले अमेरिकामा प्रवासी नेपाली मन्चको स्थापना र आवस्यकताका बारेमा प्रस्टाएका थिए । यस्तै उनले एमसीसीको आवश्यकताका बारेमा पनि चर्चा गरेका थिए ।
यस्तै सचिव लामिछानेले मञ्चको गतिविधिका बारेमा जानकारी गराएका थिए । सल्लाहाकार भिम पन्त र व्यवसायी तथा नेपाल सरकार द्वारा नियुक्त पूर्व पर्यटन दुत प्रदिप श्रेष्ठले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सन्जय थापा, कुन्ति थापा, कृष्ण आचार्य, मंगलदास श्रेष्ठ, अशोक कार्की र भिम पन्तको अध्यक्ष मण्डलले बन्दशत्र सन्चालन गरेको थियो । बन्द शत्रमा विघटित कमिटीको संयोजक अर्जुन सिहले प्रस्तुत गरेको आर्थिक तथा प्रगति प्रतिवेदन सशोधन सहित पास गरिएको थियो ।
साधरण सभाले युक्रेनमा रहेका नेपालीहरुको यथासक्य उद्धार गर्न नेपाल सरकार सँग माग गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
यस्तै दुर्गा वि कको संयोजकत्वमा शनिवार मञ्चको वाल्टिमोर राज्य कमिटी गठन गरिएको छ । यस्तै भर्जिनिय राज्यकमिटी संयोजक विजय वगाले र सहसंयोजक पुष्पा घिमिरे छन् ।
मञ्चले यस अगाडि पाँच राज्य कमिटी गठन गरिसकेको छ । टेक्सास, केन्टेकी, फोल्लरिडा, न्युह्यामशार र म्यासाचुसेटमा संगठन विस्तार गरि सकेको छ । सन् २०१७ मा भएको दोस्रो अधिवेशन १६ राज्य कमिटी थिए ।
प्रवासी नेपाली मञ्च – न्युयोर्क राज्य कमिटी
अध्यक्ष- सुर्य लिंगदेन
उपाध्यक्ष- गोपि ढुंगाना
उपाध्यक्ष- ईश्वरी मास्के
सचिव- बलभद्र खडायत
कोषाध्यक्ष- अरुण पोखरेल
सह सचिव – शम्भु राई
सदस्य- प्रकाश सुनुवार
सदस्य- रामकृष्ण बज्गाई
सदस्य- गोपाल राई
सदस्य- सरोज भट्टराई
सदस्य- विक्की कड़ेल