अमेरिकामा अझै छन् अनौठो समुदाय : जो गाडि चलाउदैनन्, बिजुली बाल्दैनन्, महिलाले गहना लगाउदैनन्
बिष्णु हरि घिमिरे ।
अमेरिका । अमेरिका भन्ना साथ प्रविधि र आधुनिकताको चरम उपयोग गर्ने देश भनेर बुझिन्छ । संसारमा पाइने सबै भौतिक सुविधा अमेरिकामा महशुश हुन्छ । विलासी घर, महङ्गा गाडि, विज्ञान प्रविधि,इन्टरनेट संसारमा जे छ त्यो अमेरिकामा छन् ।
विश्वले अमेरिकन जीवनको कल्पना गरिरहदै गर्दा अमेरिकामा नै बर्षौं देखि यस्तो समुदाय बस्छ जसले तमाम आधुनिक सुविधा प्रयोगलाई नकार्छ । हो तपाइलाई अचम्म लाग्न सक्छ तर सत्य हो अमेरिकामा रहेको अमिश समुदायका व्यक्तिले गाडि चलाउदैनन ।
त्यति मात्र होइन यो समुदायले लाइनबाट ल्याएको बिजुली बत्ति,पाइपलाइनको ग्यास पनि प्रयोग गर्दैनन । मेशिनमा कपडा नधुने यो समुदायका बालबालिकाको आफ्नै समुदायले संचालन गरेको स्कूलमा आठ कक्षा पढे पछि पढाइ पुरा हुन्छ । यीनिहरुको मुख्य पेशा कृषि र पशुपालन हो ।
अमेरिकी कानुनले नै विषेश आरक्षण दिएको अमिश समुदायबारे जान्नै पर्ने ९ तथ्य
इतिहास
अमिशको अमेरिकामा लामो इतिहास छ । १७ औं शताब्दीको शुरुमा यूरोपमा धार्मिक अतिवादबाट बच्न र खेतीको लागी जग्गा खोज्ने क्रममा यो समुदाय अमेरिका आएको पाइन्छ । दक्षिण जर्मन र स्वीजरल्याण्डलाई यो समुदायको उद्गम स्थल मानिन्छ । यो समुदायले बोल्ने भाषालाई ‘पेंसिल्वेनिया डच’ भनिन्छ ।
खेतिपाति र पशुपालन मुख्य पेशा रहेको यो समुदाय शहरी क्षेत्रबाट टाडा बस्न रुचाउने उनीहरु बारे लेखिएका विभन्न पुस्तकहरुमा उल्लेख छ । यो समुदाय संयुक्त परिवारमा बस्दछन् । विवहा पछिको सम्वन्ध विच्छेदलाई यो समुदायले नकार्ने गर्दछ ।
जनगणना तथ्याङ्क अनुसार अमेरिकामा सबै भन्दा पुरानो र सबैभन्दा ठूलो अमिश समुदाय ल्यानक्यास्टर पेन्सिलभेनियाका हुन । सोहीकारण ल्यानक्यास्टरलाई अमिस काउन्टी पनि भन्ने गरिन्छ । यस्तै ओहायो, इन्डियाना, आयोवा, इलिनोइस, कान्सास, विस्कॉन्सिन, मेन, मिसौरी र मिनेसोटामा यो समुहदाय फैलिएको छ ।
ल्यानक्यास्टर स्थित एलिजाबेथटाउन कलेजका विद्याथर्थीहरुद्वारा अनुसन्धानका लागि गठित युवा केन्द्रको अध्ययन अनुसार अमिश अमेरिकामा सबै भन्दा छिटो जनसंख्या बढाउने समुदाय मध्येमा पर्दछ । सन् १९२० मा यो समुदायको जनसंख्या करिव पाँच हजार थियो । तर पछिल्लो जनगणनामा यो समुदायको जनसंख्या तीन लाख नागेको छ । यो समुदायले सन्तानलाई भगवानको आशिषको रुपमा मान्छन् । बच्चाहरुको ठूलो संख्या आफ्नो खेती उद्यमहरुको लागी श्रम गर्दछ। आफु भन्दा साना केटीकेटीको हेरचाह र अभिभावकको काममा उनीहरु सघाउछन् ।
काम, कर र सैन्य सेवा
परम्परागत रूपमा, सबै प्रकारको खेती अमिश समुदायको जीवनको केन्द्र हो । युवा केन्द्रको रिपोर्ट अनुसार यो समुदाय विशेष गरी सिकर्मी र कृषि उत्पादन र बिक्रीमा निर्भर रहन्छ ।
उनीहरु सबै कर तिर्छन् – आय, सम्पत्ति, बिक्री, सम्पत्ति, कर्पोरेट, स्कूल – जुन अन्य मानिसहरु गर्छन्। वास्तवमा उनीहरु मध्ये धेरैले दुई पटक सरकारी कर तिर्छन् । यो समुहदाय सैन्य सेवा बाट मुक्त छन् । उनीहरुको गैर-प्रतिरोध मा विश्वास राख्छन । खास भन्दा उनीहरु शान्तिवाद मा रुचाउँछन्।
प्रविधि
आधुनिक प्रविधि प्रयोगमा यो समुदायको आफ्नै नियम छ । युवा केन्द्रका अनुसार, धेरैजसो अमिश समूहले गाडि (अटोमोबाइल) स्वामित्व लिदैनन । आफैले सवारी चलाउदैनन । घोडा र बग्गी उनीहरुका यातायातका साधन हुन् । तर केही अमिस अरुले चलाएको गाडीमा भने यात्रा गर्छन् ।
उनीहरु लाइनबाट ल्याइएको बिजुली र पाइपबाट ल्याइएको ग्यास प्रयोग गर्दैनन । यो समुदायमा स्व-चालित फार्म मेसिनरीको प्रयोग, टेलिभिजन, रेडियो, र कम्प्युटरको स्वामित्व, हाई स्कूल र कलेजमा भाग लिने, सेनामा भर्ना हुन् र सम्बन्ध विच्छेद गर्न निषेध छ । यस्तै तस्बिरहरु खिच्न पनि प्रतिबन्धित छ ।
उनीहरु प्रविधिलाई आफैमा नराम्रो मान्दैनन् तर डर उनीहरुलाई यो छ की प्रविधिले संस्कृति र पहिचान नगुमोस । युवा केन्द्रको वेवसाइडमा अमिस बारेमा उल्लेख छ ।
स्कूल र शिक्षा
अमिशका बच्चाहरु आफ्नै समुदायले सञ्चालन गरेको स्कूलमा पढ्छन् । आठ कक्षा पछि उनीहरुको पढाइ पुरा हुन्छ । त्यस पछि उनीहरु सिकर्मी, खेतिपाति वा पशुपालनमा अभिभावकलाई सघाउन लाग्छन् । यो समुदायलाई अमेरिकामा हाइस्कूल पुरा गर्नु पर्ने बाध्यता छैन् । १४ वर्षको उमेरमा उनीहरुको विद्यालय अन्त्य गर्ने अधिकार अमेरिकी सर्वोच्च अदालतको १९७२ को फैसलाले दिएको छ ।
पोशाक
सादापन अमिश समुदायको पहिचान हो । उनीहरु कालो र सेतो कपडा लगाउछन् । बेल्क्रो र जिप्पर भने उनीहरुका लागि प्रतिवन्धित छ । यसको सट्टा, पिन वा हुक लगाउछन् । यीनिहरु अधिकांश स्व-निर्मित पोशाक लगाउछन् । पुरुष र केटाहरु फराकिलो कालो टोपी, गाढा कालो सीधा कोट, सेतो शर्ट, कालो मोजा र जुत्ता लगाउँछन्। तिनीहरुको शर्ट परम्परागत बटन संग जोडिएको हुन्छ । पुरुषहरु विवाह गरे पछि दाह्री पाल्छन । तर जुँगा पाल्न भने प्रतिबन्धित छ ।
अमिश महिलाहरु र केटीहरु माथि देखि तल सम्म लामो र एउटै कपडा लगाउछन् । अमिश महिलाहरु कहिल्यै आफ्नो कपाल काट्दैनन् । उनीहरुलाई कुनै पनि प्रकार को गहना लगाउन अनुमति छैन।
डेटिङ्ग
शायद आमिश समुदायमा सामाजिक जीवनको सबैभन्दा प्रसिद्ध पक्ष डेटिङ्ग (रुमस्प्रिङ्गा) हो । जसको अर्थ निर्वाधरुपमा भेटघाट गर्न पाउने भन्ने बुझाउछ । युवा केन्द्रका यो समय लगभग १६ बर्षको उमेरमा शुरू हुन्छ । युवाहरु साप्तहिक विदामा आफ्ना साथीहरु सँग भेटघाट गर्न छुट हुन्छन् । यो युवा युवती बीच एक अर्कामा परिचित र आकर्षित हुनका लागि महत्वपूर्ण समय हो । दुई पक्षको मन मिले पछि अन्तत रुमस्प्रिङ्गा विवाहमा पुगेर समाप्त हुन्छ । १६ देखि २१ बर्ष बीचका युवा युवती रुमस्प्रिङ्गामा सहभागि हुन्छन् । उनीहरु आफुले छानेको जोडि लिएर चर्चमा जान्छन र विवहा गर्छन् ।
नम्रता
अमिश समुदायको विश्वास पहिचान हो। हल्का र विनम्र व्यक्तित्व सम्मानित छन् । धैर्य, प्रतीक्षा र अरुलाई उपज उनीहरुको परिपक्वताको चिन्ह हो । आज्ञाकारिता, लक्ष्य र सामुदायिक गतिविधिहरु अनुरूप समुदायलाई प्रोत्साहित गरिन्छ।
खेलकुद र मनोरञ्जन
उनीहरुलाई सामान्य मनोरञ्जन र खेलको हिस्सा बाट रोक्न सक्दैन । भलिबल र सफ्टबल धेरै अमिश परिवारहरुमा लोकप्रिय छन् । उनीहरु रमाईलोको लागी खेल्छन्, प्रतिस्पर्धाको भावना उनीहरुमा हुदैन । अमिशहरुको घर चिटिक्ट परेको हुन्छ । धुरी,पालि र पिडी उनीहरुको घरमा अनिवार्य हुन्छ । फूल बगैंचाले घर वरपर चट्क्क सजिएको हुन्छ । निकै सरल रुपमा घरको सजावट गर्ने अमिश परिवारहरु अक्सर पढ्ने वा साँझ मा सँगै गाउने छन्, आफ्नो अर्को दिनको कामको लागी चाँडै सुत्न जानु अघि।
राष्ट्रीय राजनीति,सामाजिक सुरक्षा भत्ता र बीमामा सक्रिय छैनन
अमिश राज्य वा राष्ट्रिय राजनीतिमा संलग्न छैनन् । उनीहरु शान्तिवादीको रूपमा रहन चाहान्छन । उनीहरु सेनामा सेवा गर्दैनन्। यस्तै (सोसियलसेक्युरेटीमा दर्ता हुदैनन) सामाजिक सुरक्षा र बीमाको धेरै प्रकारलाई यो समुदायले अस्वीकार गर्दछन् । प्राय जसो उनीहरु आफ्नै समुदायबाट आफ्ना आवश्यकता पुरा गर्छन ।
उनीहरु आफ्नो सरल र शान्त तरिकामा, समाजको बाँकी समुदायबाट संभव भए सम्म अलग नै रहने प्रयास गर्छन । उनीहरुका सांस्कृतिक भिन्नताहरु महत्वपूर्ण छन् जसको कारण एक समूहका सदस्यहरु अर्को समूहमा जान सहज महसुस गर्दैनन्।