अमेरिकी हुलाक सेवाको अनलाइन फारम भरे घरमै नि:शुल्क कोभिड-१९ परिक्षण सामाग्री
अमेरिका । अमेरिकी सरकारी हुलाक सेवा युएपीएसले तोकेको अनलाइन फारम भरे कोभिड-१९ परिक्षण सामाग्री घरमा नै निशुल्क उपलब्ध हुने भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको पूर्व घोषणालाई हुलाक सेवाले सहजीकरण गर्न लागेको हो । हुलाक सेवाले तोकेको फारम भरेमा एक परिवारका लागि चार वटा स्वास्थ्य परिक्षण किट्स घरमा नै पाइने छ ।
यो निशुल्क हो । फारम भर्दा स्वास्थ बीमा,डेविट वा क्रेडिट कार्ड सम्वन्धी कुनै पनि जानकारी दिनु पर्ने छैन । नाम र ठेगना मात्र राखे पुग्छ ।
हुलाक सेवाले अनलाइनमा उपलब्ध गराइएको ठेगानामा कोभिट-१९ परीक्षण किटहरू उपलब्ध गराउने संघीय कार्यकारी एजेन्सीलाई उपलब्ध गराउने जनाएको छ । हुलाक सेवाले आपूर्ति स्वैच्छिक भएको र यदि संघीय कार्यकारी एजेन्सीले उपलब्ध गराइएन भने, आफुहरु जिम्म्वार नहुने पनि बताएको छ ।
कोभिड -१९ जाँच गर्ने सामग्री घर मै नि:शुल्क पाउन www.usps.com/covidtest यो लिङ्कमा क्लिक गरेर आफ्नो नाम र सिपिङ्ग ठेगना भर्न सकिने छ । यो लिङ्क सेयर गरेर अरुलाई पनि सहयोग गर्नु होस ।