प्रधानमन्त्री देउवा आइसोलेसनमा
काठमाडौँ / माओवादी अध्यक्ष प्रचण्डलाई कोरोनाभाइरस सङ्क्रमण भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शनिवारदेखि आइसोलेसनमा बसेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका उपसचिव जनकराज भट्टलाई उद्धृत गर्दै सरकारी मुख पत्र गोरखापत्रले देउवा आइसोलेसनमा बसेको जनाएको हो । प्रधानमन्त्रीको पीसीआर परीक्षण आइतबार हुने भएको छ ।
दुई दिनअघि बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रचण्डसहित देउवा सहभागी थिए ।