‘खोप मात्रा पुरा गरेकाले सुरक्षित रुपमा छुट्टि मनाउन सक्छन्’ : राष्ट्रपति बाइडेन
फेसबुकमा भिडियो र स्टाटस फोस्ट गर्दै राष्ट्रपति बाइडेनले भनेका छन्, ‘यस सप्ताहन्तमा तपाईंले सुरक्षित रूपमा छुट्टिहरू मनाउन सक्नुहुन्छ कि भनेर सोचिरहेका अमेरिकीहरूलाई: जवाफ हो, तपाईं सक्नुहुन्छ।’
राष्ट्रपतिले खोपको मात्र पुरा गरेको भने हुनु पर्ने बताएका छन् । ‘बूस्टर शटहरूले ओम्रिकोन संस्करण विरुद्ध सबैभन्दा बलियो सुरक्षा प्रदान गर्दछ। त्यसैले मैले मेरो बूस्टर पाएँ र त्यसो गर्न योग्य सबैलाई प्रोत्साहन दिनुहोस्।’ भनेका छन् ।
खोप लगाउनु व्यक्ति स्वयम र आफ्नो परिवार तथा देशप्रतिको दायित्व हो भन्दै राष्ट्रपति बाइडेनले भनेका छन्,’ यदि तपाइँ र तपाइँको परिवारलाई खोप लगाइएको छ र सावधानीहरू पालना गर्नुहुन्छ भने, तपाइँले तपाइँको योजना अनुसार क्रिसमस बिदा मनाउन सहज महसुस गर्नुपर्छ।’
५० करोड र्यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराइने
राष्ट्रपति बाइडेनले ५० करोड (पाँच सय मिलियन) र्यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउने बताए । यो जनवरीको शुरु देखि सबैले घरघरमा प्रयोग गर्ने गरि निशुल्क पाउने छन् ।
‘आज, म संघीय सरकारलाई जनवरीमा सुरु हुने डेलिभरीको साथ आधा अर्ब थप घर-घरमा द्रुत परीक्षणहरू खरीद गर्न आदेश दिँदैछु। यी परीक्षणहरू हरेक अमेरिकनले नि:शुल्क प्राप्त गर्नेछौं ।’
यस्तै उनले तत्काल लकडाउन बारे सरकारले कुनै निर्णय नगरेको उनले बताए । तर, प्रतिबन्धका जुनसुकै उपाय चाल्न सरकार तयार भएको पनि उनको भनाइ थियो । ‘यो मार्च २०२० होइन, दुई सय मिलियन मानिसहरूले पूर्ण रूपमा खोप लगाइएका छन्, हामी तयार छौं, हामीलाई थप थाहा छ,हामीले मात्र ध्यान केन्द्रित गर्नुपर्छ।’
पछिल्लो समयमा बेलायतपछि ओमिक्रोनबाट अमेरिका प्रभावित छ । कोभिड संक्रमण भएका दुई तिहाईमा नयाँ भेरियन्ट देखिएको विज्ञहरुले बताएका छन् । ओमिक्रोनका बिरामी सबैभन्दा बढी न्युयोर्क र वासिंगटनमा देखिएका छन् ।
पहुँचका बाबजुद अझै पनि अमेरिकाको ठूलो जनसंख्याले खोप लगाएको छैन् ।
यो पनि
‘जीवन नै नरहे रमाइलोले अर्थ राख्दैन’ क्रिसमस र नयाँ वर्षमा जमघट नगर : डब्लूएचओ