शशाङ्कको समर्थन पछि पौडेल नै साझा उम्मेदवार हुने सम्भावना बलियो
काठमाडौँ/ नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा साझा उम्मेदवार तय गर्न बसेको पौडेल समूहको बैठकले मङ्गलवार उम्मेदवार तय गर्न सकेको छैन । सो बैठकमा महामन्त्री शशाङ्क कोइरालाले राम चन्द्र पौडेललाई समर्थन गरी सकेका छन् । यसै गरी शेखर कोइरालाले पनि बैठकमा नजाने बताइ सकेका छन् ।
श्रोतका अनुसार शेखर पनि पौडेललाई छाड्न राजी भई सकेका छन् । बुधवार सम्भवतः रामचन्द्र पौडेलकै नाममा सहमति हुन सक्ने सम्भावना प्रबल छ । प्रकाश मान सिंहले दाबी गरे पनि शशाङ्क र शेखर प्रकाशमान भन्दा रामचन्द्र प्रति सकारात्मक छन् ।
काँग्रेस निकट श्रोतको अनुसार पौडेलले एक पटक आफूलाई अध्यक्षको उम्मेदवार हुन सहयोग गर्न भने पछि शशाङ्क उनको प्रस्तावमा सकारात्मक भएका हुन् ।