आज थप ३,४८१ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु
२७ साउन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टाटम १० हजार ९ सय ७ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २ हजार ६ सय १६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो, भने ५ हजार ७ सय ४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ६५ जनामा संक्रमण देखिएको छ ।
यस्तै, बितेको २४ घण्टामा थप १ हजार ८ सय ८५ जनाले कोरोना भाइरस (कोभिड १९)को संक्रमण जितेर डिस्चार्ज भएका छन् ।
यसैबीच, कोेरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ, भने योसंगै हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १० हजार १ सय ८० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो अवधिमा थपिएका संक्रमितहरुसंगै हालसम्म देशभर संक्रिय कोरोना संक्रमितको कुल संख्या ३८ हजार ३३ पुगेको छ ।