ह्यारिसबर्गमा माया एसियन रेस्टुरेन्टमा नयाँ सञ्चालक, आइतबार कमिश्नरहरुद्वारा गरियो ग्राण्ड ओपनिङ
ह्यारिसबर्ग,पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको ह्यारिसबर्गमा माया एसियन रेस्टुरेन्ट नयाँ सञ्चालकले जिम्मेवारी लिएपछि ग्राण्ड ओपनिङ गरिएको छ।
नवीन लामा र पदमबहादुर थोकर नयाँ सञ्चालकका रूपमा रेस्टुरेन्टको जिम्मेवारी लिएपछि आइतबार स्थानीय टाउनसिपका कमिस्नरहरूले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका हुन्।
नवीन लामा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाअन्तर्गत पेन्सिल्भेनिया च्याप्टरका अध्यक्ष हुन् ।
१०१९ नर्थ माउन्टेन रोड, ह्यारिसबर्गमा रहेको रेस्टुरेन्टको उद्घाटन स्वतारा टाउनसिपकी कमिस्नर विनिता पुरी राई र सुस्क्वेहाना टाउनसिपका कमिस्नर फ्रेड फायलोनले संयुक्त रूपमा गरेका थिए।
कार्यक्रममा स्वतारा टाउनसिपका कमिस्नर टम कोनलीसहित नेपाली समुदायका अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

ग्राण्ड ओपनिङमा विमल गुरुङ, इनासका अध्यक्ष अभिषेक थापा, चलचित्र निर्देशक विकास घले गुरुङ, एनआरएनए पेन्सिल्भेनिया च्याप्टरका पूर्व सचिव रमेश लामिछाने र ईश्वर जङ्ग तामाङलगायत सहभागी थिए।
नेपाली र एशियन परिकार उपलब्ध
माया एसियन रेस्टुरेन्टमा नेपाली तथा अन्य एशियन खानाका विभिन्न परिकार उपलब्ध छन्। रेस्टुरेन्टले फास्ट फुड र डाइनिङ दुवै सुविधा प्रदान गर्नेछ।
मेनुमा मःम, चाउमिन, थुक्पा, सेकुवा, सुकुटी, खसीको भुटन, बिरयानी, फ्राइड राइस, विभिन्न प्रकारका करी, कबाब, तन्दुरी चिकेन र नानलगायतका परिकार समावेश छन्।
शाकाहारी तथा मासुजन्य परिकारका विभिन्न विकल्पसमेत उपलब्ध छन्।
ठेगाना: १०१९ नर्थ माउन्टेन रोड, ह्यारिसबर्ग, पेन्सिल्भेनिया १७११२
सम्पर्क: ७१७-३९५-२९४२

















