भर्मणमा श्रीमान बाल खड्काको कुटपिटबाट घाइते महिलाको मृत्यु
बर्लिङ्टन, भर्मन्ट / अमेरिकाको भर्मन्ट राज्यस्थित बर्लिङ्टनमा श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। प्रहरीले महिलामाथि ठूलो टर्चलाइटले प्रहार गरेको आरोपमा पक्राउ परेका ४४ वर्षीय बाल खड्काविरुद्ध दोस्रो तहको हत्याको अभियोग लगाएको छ।
प्रहरीका अनुसार शनिबार बिहान ६ बजेअघि घरेलु झगडा भइरहेको भन्दै प्रहरीलाई ९११ नम्बरमा धेरै फोन आएको थियो । त्यसपछि प्रहरी साउथ च्याम्प्लेन स्ट्रिटस्थित एक अपार्टमेन्टमा पुगेको थियो।
प्रहरीले त्यहाँ शय्यामा अचेत अवस्थामा टाउकोमा चोट लागेकी महिलालाई फेला पारेको थियो। उनलाई तत्काल अस्पताल लगिएको थियो। तर, आइतबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक महिलाको नाम भने सार्वजनिक गरिएको छैन।
प्रहरीका अनुसार खड्काले बालबालिकाकै अगाडि श्रीमतीमाथि ठूलो टर्चलाइटले प्रहार गरेका थिए।
घटनाबारे अनुसन्धान गरिरहेका प्रहरीले यसअघि खड्कामाथि लगाइएको हत्या प्रयाससम्बन्धी अभियोगलाई परिवर्तन गरी दोस्रो तहको हत्याको अभियोग लगाएको हो।
र यो पनि …
अमेरिकाको भर्मन्टमा श्रीमती हत्या प्रयासको आरोपमा बाल खड्का पक्राउ

















